शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आलस खाँदा महिलाको स्वास्थ्यलाई हुनसक्छ यस्ता चार हानी

बिहीबार, १८ जेठ २०८०, १० : ०१
बिहीबार, १८ जेठ २०८०

आलसको दाना स्वास्थ्यका लागि निकै लाभकारी छ, त्यसैले त यसलाई निकै अघिदेखि प्रयोग गरिँदै आएको छ । यसको प्रयोग विभिन्न तरिकाले गरिन्छ । यो ओमेगा–थ्री फ्याटी एसिड, लिग्नन्स र फाइबरले भरिपूर्ण हुन्छ । त्यसैले यसलाई सन्तुलित आहारको महत्त्वपूर्ण हिस्सासमेत मानिन्छ । तर महिलाका स्वास्थ्यका लागि आलसका केही हानी पनि छन् भन्ने कुरा तपाईंले बिर्सनु हुँदैन । यसबारे डाइट एन्ड क्योरकी आहार तथा पोषणविद् दिव्या गान्धीसँग एक भारतीय सञ्चार माध्यमले कुराकानी गरेको छ । यसबारे जानकारी लिऔँ ।

महिलाका लागि आलसका हानी

आलसले हर्मोनमा असन्तुलन 

आलसमा फाइटोएस्ट्रोजन हुन्छ । यसले शरीरको एस्ट्रोजनलाई प्रभावित गर्छ । यद्यपि, यो तत्त्वले रजनोवृत्तिको लक्षणलाई कम गर्न मद्दत गर्न सक्छ । यस्तै, यसका नकारात्मक प्रभाव पनि हुनसक्छ । अत्यधिक आलस खाँदा केही महिलामा हर्मोनल सन्तुलन बिग्रन सक्छ जसका कारण मासिक धर्म वा हर्मोनल स्तरमा परिवर्तन हुनसक्छ । 

पाचन सम्बन्धी समस्या

आलस डाइट्री फाइबरको राम्रो स्रोत हो । यसले पाचन प्रक्रियालाई राम्रो बनाउन सक्छ । यद्यपि, पर्याप्त मात्रामा पानी बिना फाइबर मात्रै खाँदा पाचन सम्बन्धी समस्या हुनसक्छ जस्तै, सुजन, ग्यास र पेट दुखाई । आलसको सेवन क्रमशः बढाउँदै जानुपर्छ र यस्ता समस्या रोक्नका लागि पर्याप्त मात्रामा तरल पदार्थको सेवन सुनिश्चित गर्न महत्त्वपूर्ण छ ।

आलसले हुनसक्छ एलर्जी

साधरणतया, आलसले कसैलाई पनि एलर्जी हुँदैन । तर कसैलाई भने आलसले एलर्जी भएको पनि देखिएको छ । जसलाई यसको एलर्जी छ, उनीहरूलाई यसको सेवन गर्दा विभिन्न समस्या हुनसक्छ जस्तै, चिलाउने, सुन्निने, सास फेर्न समस्या आदि । यदि तपाईंलाई आलसबाट एलर्जी छ भने यसबाट परै बस्नुहोस् ।

केही औषधी खाइरहेका बेला आलस खाँदा समस्या हुनसक्छ

आलसमा पाइने विभिन्न खालका तत्त्वले स्वास्थ्यलाई विभिन्न तरिकाले प्रभावित गर्छ । यसमा हाई फाइबर र लिगनेन पाइन्छ । यी दुवै तत्त्व यस्ता हुन् जुन औषधीको सम्पर्कमा आएपछि स्वास्थ्यका नकारात्मक असर पुर्याउन सक्छ । वास्तवमा, आलसमा पाइने फाइबरले औषधीको प्रभावलाई कम गर्न सक्छ । त्यसैले तपाईंले कुनै खालको औषधी खाइरहनुभएको छ भने यसको सेवन अघि विशेषज्ञसँग सल्लाह लिनुहोस् । 

यहाँ याद राख्नुपर्ने कुरा के छ भने, आलसको अत्यधिक मात्रामा सेवनले मात्रै समस्या निम्त्याउन सक्छ । औसतमा आलस खाँदा कुनै खालको समस्या हुँदैन । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप