सांसद विकास कोषलाई छुट्याइएको रकमले ११ र १२ को शिक्षा निःशुल्क गराउन अनेरास्ववियुको माग
काठमाडौँ । अनेरास्ववियुले सरकारले सांसद विकास कोषलाई छुट्याइएको रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गर्न रुलिङको माग गर्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेटमा समावेश गरेको सांसद विकास कोषको रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गराउन माग गरेको हो ।
अनेरास्ववियुले बिहीबार सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै यसको निम्ति सरकारलाई रुलिङ गर्न आग्रह गरेको छ । सभामुखलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष समिक बडालले देशको अर्थतन्त्र शिथिल भएको बेलामा सांसद विकास कोषको स्थापना गरी सांसदहरुलाई ५/५ करोड रुपैयाँ वितरण गर्नुले सांसदहरु जनउत्तरदायी नभएको कुरालाई पुष्टि गरेको बताए ।
उनले सो कोषका लागि कानूनी व्यवस्था नभएपनि बद्नियतका साथ अगाडी बढाइएको उल्लेख गरे । कोषका लागि छुट्टयाइएको ८ अर्ब २५ करोड रुपैयाँ रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क बनाउनका लागि प्रयोग गर्नुपर्ने उनले बताए ।
ज्ञापनपत्र बुझ्दै सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । उनले सरकार, संसद लगायत राज्यका अंगहरुको आ–आफ्नो क्षेत्राधिकार हुने भन्दै सो कुरालाई मनन गर्न आग्रह गरे ।
ज्ञापनपत्र बुझाउनका लागि अनेरास्ववियुका अध्यक्ष समिक बडाल लगायतको प्रतिनिधि मण्डल सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण