सांसद विकास कोषलाई छुट्याइएको रकमले ११ र १२ को शिक्षा निःशुल्क गराउन अनेरास्ववियुको माग

काठमाडौँ । अनेरास्ववियुले सरकारले सांसद विकास कोषलाई छुट्याइएको रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गर्न रुलिङको माग गर्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेटमा समावेश गरेको सांसद विकास कोषको रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गराउन माग गरेको हो ।
अनेरास्ववियुले बिहीबार सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै यसको निम्ति सरकारलाई रुलिङ गर्न आग्रह गरेको छ । सभामुखलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष समिक बडालले देशको अर्थतन्त्र शिथिल भएको बेलामा सांसद विकास कोषको स्थापना गरी सांसदहरुलाई ५/५ करोड रुपैयाँ वितरण गर्नुले सांसदहरु जनउत्तरदायी नभएको कुरालाई पुष्टि गरेको बताए ।
उनले सो कोषका लागि कानूनी व्यवस्था नभएपनि बद्नियतका साथ अगाडी बढाइएको उल्लेख गरे । कोषका लागि छुट्टयाइएको ८ अर्ब २५ करोड रुपैयाँ रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क बनाउनका लागि प्रयोग गर्नुपर्ने उनले बताए ।
ज्ञापनपत्र बुझ्दै सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । उनले सरकार, संसद लगायत राज्यका अंगहरुको आ–आफ्नो क्षेत्राधिकार हुने भन्दै सो कुरालाई मनन गर्न आग्रह गरे ।
ज्ञापनपत्र बुझाउनका लागि अनेरास्ववियुका अध्यक्ष समिक बडाल लगायतको प्रतिनिधि मण्डल सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे नेकपा एसका नेता ?
-
नहर बनाएर बाढी नियन्त्रण
-
रास्वपा र एकीकृत समाजवादीलाई जितजंगले भने– पहिले आफूले सिकेर मात्रै अरूलाई नैतिकता सिकाउनू
-
प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताको भुँडी भर्न हो ?
-
इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण