भारतीय कम्पनी बीफोरयूले किन्यो ‘परस्त्री’ हिन्दी राइट

काठमाडौँ । आगामी असार १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘परस्त्री’ को हिन्दी गीतको राइट्स विक्री भएको छ ।
‘बीफोरयू’ नामक भारतीय कम्पनीले फिल्मको गीतको युट्युब राइट्स खरिद गरेको हो । शुक्रबार निर्मात्री शर्मिला पाण्डे र ‘बीफोरयू’ कम्पनीबीच कागजी सम्झौता भएको छ ।
फिल्मको युट्युब प्रदर्शन अधिकार भने विक्री हुन बाँकी रहेको निर्मात्रत पाण्डेले बताइन् । त्यसका लागि विभिन्न युट्युब कम्पनीहरुसँग कुराकानी भइरहेको उनको भनाई छ ।
फिल्मको अहिले मुम्बईको एक स्टुडियोमा हिन्दी डबको पोस्ट प्रोडक्सनको काम भइरहेको छ । भारतका प्रख्यात गायक–गायिकाहरुले फिल्मको हिन्दी गीत गाएका छन् । नेपालकै मितिमा भारतका हलमा पनि फिल्म लाग्नेछ ।
फिल्मको निर्देशन सुरज पाण्डेले गरेका हुन् र सुरको यो डेब्यु निर्देशन हो । फिल्ममा शिल्पा मास्के, कोसिस क्षेत्री, एलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, गीत विष्ट, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको अभिनय छ । दीपेन्द्र के. खनालको लेखन रहेको फिल्मका डीओपी निरज पाण्डे हुन् ।
थ्रिलर जनरामा निर्माण भएको फिल्मले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथालाई उठान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन