‘हल्का रमाइलो’मा फिल्म ‘वेलकम टु हेम्जाको’का कलाकारको अभिनय
काठमाडौँ । पछिल्लो समय फिल्मको प्रचार गर्न फिल्म युनिट सिरियल पुग्न थालेका छन् । यस्तैमा आगामी जेठ २६मा प्रदर्शनमा आउन लागेको फिल्म ‘वेलकम टु हेम्जाको’का केही कलाकार टेलिसिरियल ‘हल्का रमाईलो’मा पुगेका छन् ।
सिरियलमा दर्शकले हेम्जाकोटका कलाकारको विशेष प्रस्तुति हेर्न सक्नेछन् । राजु पौडेल, मरिचमान श्रेष्ठको लेखन तथा निर्देशन रहँदै आएको यो टेलिसिरियलमा अघिल्लो श्रृंखला भन्दा अलिकति फरक बनाउन निर्देशकद्धय पौडेल, श्रेष्ठले नियमित कलाकार सारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, ईष्टु कार्की, उज्जवल खड्का, सविना आचार्य, सविना गिरी लगायतसँग हेम्जाकोटका अभिनेता विनोद न्यौपाने, दिनेश खड्का, प्रेविल कंडेल, विशाल पहारी, रवि गिरीलाई पनि एकसाथ छायांकन गराएका छन् ।
टेलिसिरियलका निर्देशक मरिचमान श्रेष्ठले अतिथि कलाकारहरुसँगको यस पटकको स्क्रिप्ट अलिकति फरक हुने बताए । उनले भने, ‘यो टेलिसिरियलका हाम्रा नियमित दर्शकका लागि अतिथि कलाकारहरुको नयाँ प्रस्तुति देखाउन खोजेका छौं । आशा छ दर्शकले थप रमाइलो मान्नु हुनेछ ।’
हेम्जाकोटका अभिनेता विनोद न्यौपानेले नियमित चलचित्रमा काम गरिरहेको सन्दर्भमा टेलिसिरियलमा काम गर्दा भिन्न अनुभूति बताए ।
सरोज पौडेलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र वेलकमटु हेम्जाकोटका निर्माता तेज प्रसाद दाहाल हुन् । पोखरा क्षेत्रमा खिचिएको यो चलचित्र पूर्ण कमेडी शैलीमा निर्माण भएको निर्माण पक्षको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण