सीमा समस्या समाधानका लागि नयाँ विकल्प
नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि नयाँ विकल्प सुझाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सीमा समस्या सम्पूर्ण रूपमा समाधान गरिने बताएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले नयाँ विकल्प सुझाएका छन् ।
शुक्रबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि विभिन्न विकल्पबारे सोच्ने काम भइरहेको बताए । लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका सीमावर्ती क्षेत्रलाई लिएर नेपाल–भारतका बीचमा सीमा समस्या रहेको छ । नेपालले ती समस्याको दीर्घकालीन समाधान गर्दै बंगलादेशसँग सिधा सडक मार्ग व्यवस्थापन गर्न सकिने प्रचण्डको भनाइ छ । ‘बंगलादेशसँग सिधा जाने बाटो हामीलाई चाहिएको छ भन्ने नेपालमा उहिले देखिको उठिरहेको आवाज पनि हो, हामीलाई चाहिएको कुरा पनि हो । आवश्यकता पनि हो, चाहना पनि हो,’ प्रधानमन्त्री प्रचण्डले भने । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण