राष्ट्रपति पौडेललाई कांग्रेस मधेस प्रदेशले दियो धन्यवाद
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेशले कार्य समितिले नागरिकता विधेयक प्रमाणीकरण गरिदिएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई दिएको छ । जनकपुरमा आइतबार बसेको कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले नागरिकता विधेयक प्रमारणीकरणको स्वागत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलप्रति धन्यवाद प्रस्ताव पारित गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरणको सन्दर्भमा पार्टीका मातहतका निकायहरुलाई हर्सोल्लासका विविधि कार्यक्रमहरु संचालन गर्न गराउन बैठक निर्देशन दिएको कांग्रेस मधेस प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले बताए ।
मधेश प्रदेश आफ्ना मन्त्रीहरुलाई प्रभावकारी एवं पादर्शी ढंगले मधेश र मधेशी जनताहरुको जीवन स्तरलाई उकास्ने र पार्टीका कार्यकर्ताहरुको मनोवल उच्च बनाउने योजनाहरुको तर्जुमा गर्न बैठकले निर्देशन दिएको छ ।
पार्टीबाट निर्वाचित सांसदलाई प्रदेशसभामा नीति निर्माण, जनताको चाहना र भावनाको अवाज उठाउन प्रभावकारी भूमिका निर्वाह गर्ने भनिएको छ। कांग्रेसले जिम्मेवारी प्राप्त गर्ने बाँकी मन्त्रालयको निक्यौल गर्न दलका नेता तथा प्रदेश सभापति कृष्णप्रसाद यादवलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । कांग्रेस मधेस प्रदेशका मुख्यसचिव सन्तु प्रसाद यादवका अनुसार प्रदेश अनुशासन समितिको समन्वयमा अनुशासन सम्बन्धि अनुशिक्षण कार्यक्रम संचालन गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण