शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लभस्टोरी फिल्म मन पराउने नवअभिनेत्री अम्बिकालाई  दर्जन प्रश्न

सोमबार, २२ जेठ २०८०, १० : ५७
सोमबार, २२ जेठ २०८०

काठमाडौँ ।  केहीलाई छोड्ने हो भने पछिल्लो समय रिलिज भएका अधिकांश फिल्म फ्लप छन् । तैपनि यो क्षेत्रमा भित्रिने नवप्रवेशी कलाकारको भिड छ । हरेक नयाँ फिल्ममा कोही न कोहीले कलाकारका रूपमा डेब्यु गरेको देख्न सकिन्छ ।

यिनैमध्ये अगामी शुक्रबार प्रदर्शनमा आउने फिल्म ‘वेलकम टु हेम्जाकोट’ बाट अम्बिका तामाङ अभिनयमा डेब्यु गर्दैछन् । चार जना बेरोजगार व्यक्तिको कथामा बनेको फिल्ममा उनको मुख्य भूमिका छ । फिल्ममा आफूले गाउँकी सोझी केटीको भूमिका निर्वाह गरेको तामाङ बताउँछिन् ।

डेब्यु फिल्म रिलिज अगाडि नै तामाङको चर्चा राम्रो छ । फिल्मले व्यावसायिक सफलता दिलाउने उनले विश्वास लिएकी छन् । आर्ट एन्ड जर्नालिजम विषयमा ब्याचलर गर्दै गरेकी सानैदेखि नाच्न र गाउन रुचाउने नवअभिनेत्री तामाङलाई रातोपाटीका दर्जन प्रश्न ।

–फिल्म ‘वेलकम टु हेम्जाकोट’मा कसरी जोडिनुभयो ?

म यो फिल्मकी नायिका अस्मिता पन्तमार्फत यसमा जोडिएकी हुँ । उहाँले इन्स्टाग्राममा म्यासेज पठाएर फिल्म युनिटसँग भेट गराउनुभयो । भेटमा निर्माण युनिटले फिल्मका लागि मेरो जस्तै लुक्स भएको पात्र चाहिएको भन्दै स्क्रिप्ट सुनाउनुभयो । फिल्मको कथा मनपर्यो । कलाकारका लागि अडिसन दिएँ । सेलेक्सनसमेत भएँ ।

–कस्तो भूमिकामा देख्न सकिन्छ ?

मैले गाउँकी साधारण केटीको भूमिका निर्वाह गरेकी छु । जसले लोकसेवा परीक्षाको तयारी गरेकी छ । यो पात्रसँग मेरा केही स्वभाव पनि मिल्छन् । म ओखलढुङ्गामा जन्मिएकी हुँ । गाउँमा मैले गरेका सङ्घर्ष फिल्ममा मिल्छन् ।

ambika tamang

–अभिनयको इच्छा पनि थियो कि अवसर मिल्यो, गरौँ न त भनेर हो ?

मेरो सानैदेखि अभिनयमा रुचि थियो । नाच्न र गाउन पाउँदा रमाउँथे । यसका लागि स्कुलका कार्यक्रम, गाउँघरका कार्यक्रममा सहभागी हुन्थेँ । त्यो क्रममा कतिपयले फिल्म खेल्न सुझाउँथे । अवसर मिले खेल्ने सोच थियो । त्यो अवसर ‘वेलकम टु हेम्जाकोट’ले दियो ।

–डेब्यु फिल्म रिलिज हुँदै गर्दा कस्तो महसुस गर्नु हुँदैछ ?

म त एकदमै खुसी छु । फिल्मको र मेरो अभिनयको प्रतिक्रिया कस्तो होला भनेर एक्साइटेड पनि । अभिनयमा मैले सकेको र जानेको गरेकी छु । पब्लिकको प्रतिक्रियाले आगामी यात्रा निर्धारण गर्छ । फिल्मकर्मी र आफन्तबाट भने अहिले नै राम्रो प्रतिक्रिया पाइरहेकी छु ।

–अभिनयमा निरन्तरता रहन्छ कि पुग्यो ?

निश्चय पनि निरन्तरता दिन्छु । पहिलो फिल्म रिलिज नहुँदै केही फिल्मको आफरसमेत आएको छ । स्क्रिप्ट पढ्दैछु । मनपरे जोडिन्छु ।

–अब कस्तो फिल्म गर्न मन लागेको छ ? 

म नेपाली र हिन्दी दुवै प्रकारको फिल्म हेर्न रुचाउँछु । फिल्ममा लभस्टोरी मन पर्छ । किनभने म डल्ली टाइपकी केटी हो । रमाइलो गर्न मन पर्छ भने हाँसिरहने, बोलिरहने बानी छ । त्यसैले पनि प्रेमकथाको फिल्म अभिनय गर्न मन छ ।

–अन्य रुचिको विषय ?

सानैदेखि अभिनय र गाउने रहर थियो । अभिनयमा आएँ, अहिलेसम्म गीत रेकर्ड गराएकी छैन । अब त्यो पनि गर्न मन छ ।

–मन पर्ने कलाकार ?

अभिनेत्री नम्रता श्रेष्ठ र दयाहाङ राई । म उहाँहरूलाई आफ्नो आइडल मान्छु ।

–अभिनय गर्न मन लागेको कलाकार को र किन ? 

प्रदीप खड्का र दयाहाङ राईसँग अभिनय गर्न मनछ । प्रदीप खड्का प्रेमकथामा सुहाउने हिरो हुन् । दयाहाङको अभिनय भर्सटायल लाग्छ ।

–फेसनमा रुचि कस्तो छ ?

खासै छैन । सधैँ सिम्पल भएर हिँड्न रुचाउँछु । 

–कस्तो पुरुष मन पर्छ ?

म, मेरो काम र मेरो फ्यामिलीलाई बुझ्ने, माया गर्ने । सिम्पल लिभिङ भए पनि हाई थिङ्किङ टाइपको मन पर्छ ।

–मन पर्ने खानेकुरा ?

मम । मम एकदमै मन पराउँछु । धेरै खान्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप