कांग्रेस सहमहामन्त्री चौधरीको आमाको निधन, देउवाद्वारा दुःख व्यक्त
सोमबार, २२ जेठ २०८०, ११ : ४४
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व मन्त्री उमाकान्त चौधरीकी आमा मदेशिया थरुनीको आज बिहान २ बजे बारा जिल्ला क्षेत्र नं. १ कोल्हवी नगरपालिका वडा नं. ११ स्थित निवासमा निधन भएको छ । वि.सं. २००३ मा जन्मिएकी थरुनीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टीले जनाएको छ । पार्टी सभापति उनको निधनप्रति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी लगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट सभापति देउवाले गहिरो समवेदना प्रकट गर्नुभएको छ ।‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण