आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
संसद बैठक

रास्वपा सांसदले ‘प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको’ भनेपछि संसद्‍मा हङ्गामा (तस्बिरहरू)

सोमबार, २२ जेठ २०८०, १६ : ५६
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरुले एकपछि अर्को नियमापत्ति जनाएपछि बैठकको नियमित काम बिथोलियो । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भम्रण, नागरिताको विषयमा बोलेपछि सांसदहरुले प्रश्न सोध्ने क्रममा विवाद भएको हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीले भैसी चढेर भारतबाट नेपाल फर्केको बताएपछि सो शब्द संसदको रेकर्डबाट हटाउन हितराज पाण्डेको नियमापत्ति जनाए ।  हितराज पाण्डेले नियमापत्ति जनाएपछि एमाले सांसद योगेश भट्टराईले फेरि नियमापत्ति जनाए । 

संसदमा सो विषयमा विवाद भएपछि सभामुख देवराज घिमिरेले अमार्यादित शब्द नबोल्न आग्रह गर्दै सो शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरे । 

तस्बिर : कृष्ण खड्का/रातोपाटी

samsad (1)samsad (2)samsad (3)samsad (4)samsad (5)samsad (6)samsad (7)samsad (8)samsad (9)samsad (10)samsad (11)samsad (12)samsad (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप