शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन

सोमबार, २२ जेठ २०८०, १६ : ५५
सोमबार, २२ जेठ २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले भारत भ्रमण पूरा गरी स्वदेश फर्किंदा प्रधानमन्त्री ‘भैंसी चढेर आउनु भयो’ भन्ने शब्द रेकर्डबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनका क्रममा बोलिएको ‘भैंसी चढेर’ शब्द तथा अन्य सांसदहरुले बोलेको ‘प्रधानमन्त्री भैंसी चढेर आउनुभयो’ भन्ने शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् । 
यस विषयले बैठकमा केहीबेर सत्तापक्ष र प्रतिपक्षी सांसदबीच नियमापत्ति जनाउन होडबाजी नै चलेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप