संसद् अवरोध हुनु संसदीय अभ्यासको पाटो हो : रमेश लेखक
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् अवरुद्ध हुनेकुरा संसदीय अभ्यासकै पाटो भएको बताएका छन् ।
सोमबार संसद् बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद् राजनीतिक थलो भएको र संसदमा विभिन्न विचारधाराका पार्टी र नेताहरु एक ठाउँमा छलफल गर्ने थलो भएको बताए । उनले संसद् अवरुद्ध हुने विषय अनौठो र हुँदै नहुने विषय नभएको बताए ।
उनले भने, ‘संसद् भनेको राजनीतिक थलो हो, फरक फरक राजनीतिक विचार भएका राजनीतिक दलहरु र मानिसहरुको एकै ठाउँमा बसेर छलफल गर्ने थलो भएकाले विभिन्न विषयमा फरक फरक धारणा हुन्छन्, फरक फरक धारणाका बीचमा उत्पन्न हुने गर्छन्, यस्तो वातावरण कहिले बन्छ । संसद् अवरुद्ध हुने विषय एकदमै अनौठो, हुँदै नहुने भन्ने होइन, यसलाई कम गर्दै लैजानुपर्छ । तर संसद् अवरुद्ध हुनेकुरा भनेको संसदीय अभ्यासकै एउटा पाटो हो ।’
उनले संसद् अवरोधलाई भने कम गर्दै लैजानुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण