शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् अवरोध हुनु संसदीय अभ्यासको पाटो हो : रमेश लेखक

सोमबार, २२ जेठ २०८०, १८ : ५८
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् अवरुद्ध हुनेकुरा संसदीय अभ्यासकै पाटो भएको बताएका छन् । 

सोमबार संसद् बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद् राजनीतिक थलो भएको र संसदमा विभिन्न विचारधाराका पार्टी र नेताहरु एक ठाउँमा छलफल गर्ने थलो भएको बताए ।   उनले संसद् अवरुद्ध हुने विषय अनौठो र हुँदै नहुने विषय नभएको बताए ।  

उनले भने, ‘संसद् भनेको राजनीतिक थलो हो, फरक फरक राजनीतिक विचार भएका राजनीतिक दलहरु र मानिसहरुको एकै ठाउँमा बसेर छलफल गर्ने थलो भएकाले विभिन्न विषयमा फरक फरक धारणा हुन्छन्, फरक फरक धारणाका बीचमा उत्पन्न हुने गर्छन्, यस्तो वातावरण कहिले बन्छ । संसद् अवरुद्ध हुने विषय एकदमै अनौठो, हुँदै नहुने भन्ने होइन, यसलाई कम गर्दै लैजानुपर्छ । तर संसद् अवरुद्ध हुनेकुरा भनेको संसदीय अभ्यासकै एउटा पाटो हो ।’ 

उनले संसद् अवरोधलाई भने कम गर्दै लैजानुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप