चोरीको भैँसीसहित एक जना पक्राउ
मंगलबार, २३ जेठ २०८०, १४ : ०७

धनुषा । धनुषामा चोरीको दुईवटा भैँसीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला धनुषा मिथिला विहारी–७ बस्ने ३७ वर्षीय बली मुखिया रहेका छन् ।
मुखियाले गत २१ गते रातिको समयमा मिथिला विहारी न।पा– ६ पथरा टोलका सुबलाल यादवको गोठबाट २ वटा भैँसी चोरी गरेका थिए । उनलाई तारापट्टी टोलस्थित भित्री सडक खण्डमा भैँसीलाई पैदल हिँडाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । मुखियालाई चोरीसम्बन्धी कसुर मुद्दामा धनुषा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।