चोरीको भैँसीसहित एक जना पक्राउ
मङ्गलबार, २३ जेठ २०८०, १४ : ०७
धनुषा । धनुषामा चोरीको दुईवटा भैँसीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला धनुषा मिथिला विहारी–७ बस्ने ३७ वर्षीय बली मुखिया रहेका छन् ।
मुखियाले गत २१ गते रातिको समयमा मिथिला विहारी न।पा– ६ पथरा टोलका सुबलाल यादवको गोठबाट २ वटा भैँसी चोरी गरेका थिए । उनलाई तारापट्टी टोलस्थित भित्री सडक खण्डमा भैँसीलाई पैदल हिँडाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । मुखियालाई चोरीसम्बन्धी कसुर मुद्दामा धनुषा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण