मौसम पूर्वानुमान : पहाडी भू-भागमा क्षणिक वर्षा, तराईमा 'लू' चल्ने
बुधबार, २४ जेठ २०८०, ०६ : ०४
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशका तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने महाशाखाले जनाएको छ । जसका कारण सो भू-भागहरूमा तातो हावा (लू) चलिरहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
-
यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ? (सूचीसहित)
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण