कोरियाको हानपाससँग नेपाल रेमिटको सम्झौता
काठमाडौँ । कोरियाको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनलबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै कोरियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन सहज हुने भएको छ ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र हानपासका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किम क्यूङ हुनले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब नेपालीहरूले नेपाल रेमिट मार्फत कोरियाको रेमिट्यान्स् एजेन्टबाट मात्र नभइ मोर्बाइल एप, मोबाईल वालेटबाट नेपालका कुनैपनि बैंक खाता तथा नेपालमा सञ्चालनमा रहेका ११ वटा भन्दा बढि वालेटहरूमा रेमिट्यान्स् पठाउन सक्नेछन् । मोबाइल एप तथा वालेटबाटै रेमिट्यान्स् पठाउन सकिने भएपछि कोरियामा रहेका नेपालीहरूले आफू काममा रहेकै अवस्थामा पनि नेपालमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।
सम्झौतापछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘हानपासजस्तो बहुप्रतिष्ठित कम्पनीसँग सहकार्य गर्न पाउँदा हामीलाई एकदम गर्व लागेको छ । अबदेखि नेपालीले नेपाल रेमिट मार्फत छिटो छरितो, सरल, सुलभ, र भरपर्दो रूपमा नेपालमा रकम पठाउन सक्नुहुनेछ’ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण