रुपन्देहीमा स्कार्पियो दुर्घटना हुँदा १ जनको मृत्यु, ५ घाइते
आइतबार, २८ जेठ २०८०, ०८ : १७
बुटवल । भैरहवा बुटवलका सडक खण्ड अन्तर्गत रुपन्देहीको तिलोत्तमा आज बिहानै भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कार्पियो तिलोत्तमाको योग कुटीमा आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा अर्घाखाँची छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँमा १७ वर्षीय सुसान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ तथा ३५ वर्षका विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको बुटवल स्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालयले बुटवलले प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
-
नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
-
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण