प्याब्सन लिटिल आइडलको खोजी सुरु
काठमाडौँ । प्याब्सन काठमाडौँ र एक्सन इन्टरटेनमेन्टले ‘मिस लिटिल आइडल २०२३’ को खोजी सुरु गरेको छ । प्याब्सन काठमाडौंले शनिबार जमलस्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो ।
गरी यससम्बन्धी जानकारी दिएको हो । शैक्षिक कोर्समा नसमेटिएका तर विद्यार्थीका लागि आवश्यक विषय बारे ज्ञान दिने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिता यो १२औँ संस्करण हो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा सहभागी हुन आवेदन दिने मध्ये ‘पहिले आउने’ आधारमा बढीमा ७० जना छात्रालाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ । छनोट भएका प्रतियोगीहरूलाई २०८० साउन ६ गतेदेखि प्रशिक्षण सुरु गरी साउन २७ गते शनिबार अन्तिम प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगीहरूलाई कोरियोग्राफर रोजिन शाक्य र कोच सिभिरा लामाले तीन साता प्रशिक्षण दिनेछन् । प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनर अपलाई सम्बन्धित विद्यालयमा प्याब्सन काठमाडौँको तर्फबाट एक एक वर्षको छात्रवृत्ति एवं क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी मिस ट्यालेन्ट उपाधि विजेतालाई पनि एक वर्षको छात्रवृत्ति सहित १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । गत वर्षदेखि हरेक सहभागीलाई उनीहरूमा निहित क्षमता र प्रतिभा पहिचान गरी सोही अनुसार उपाधि सहित सम्मान गरिँदै आएको छ ।
कक्षा चारदेखि कक्षा आठसम्म अध्ययनरत ८ देखी १३ वर्ष उमेर समूहका बालबालिकाले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण