शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एकसाथ छानिए मिस्टर एण्ड मिस एसईई र किड्स स्टार इन्टरनेशनल

आइतबार, २८ जेठ २०८०, १९ : २१
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । ‘मिस्टर एण्ड मिस किड्स स्टार इन्टरनेशनल २०२३’ को विजेता आयुंश कार्की, जस्मिन पुन, मार्लाेन तामाङ र प्रिया गुरुङ भए । 

किड्स स्टार इन्टरनेशनल मिस्टर तर्फ ग्रुप ‘ए’मा आयुंश कार्की र ग्रुप ‘बि’मा मार्लाेन तामाङ विजेता बन्दा किड्स स्टार इन्टरनेशनल मिस तर्फ ग्रुप ‘ए’मा जस्मिन पुन र ग्रुप ‘बि’मा प्रिया गुरुङ विजेता चुनिएका हुन् । ग्रुप ‘ए’ तर्फ अर्गनाइजर च्वाइस सुबिज्ञा कुँवर भए ।

त्यस्तै किड्स स्टार इन्टरनेशनल मिस्टर ग्रुप ‘ए’ तर्फ सुभम घिमिरे फष्टरनर अप, साहिल तामाङ सेकेन्ड रनरअप र कृष श्रेष्ठ थर्ड रनरअप बन्दा किड्स स्टार इन्टरनेशनल मिस तर्फ ओजस्वी घिमिरे फष्ट रनरअफ, रीवा चौहान सेकेन्ड रनर अफ र निमा तामाङ थर्ड रनरअप भए । यही प्रतियोगिता अन्तर्गत ग्रुप ‘बि’ मा मिस्टर तर्फ रायन लखन्द्री, सेकेन्ड रनरअप जोन्सन ओझा, थर्ड रनरअफ स्यामुएल तामाङ बन्दा मिस तर्फ क्रिष्टिना पोखरेल फष्ट रनरअप, रिहाना उप्रेती सेकेन्ड रनरअप र थर्ड रनरअप सान्विका बुढाथोकी भए । अर्गनाइजर च्वाइस प्रनेश घले र समृद्धि बुढाथोकीले पाए ।

राजधानीमा आयोजित एक समारोहका बीच सम्पन्न प्रतियोगितामा ‘मिस्टर एण्ड मिस एसईई २०२३’ तर्फ विजेता सोनिका श्रेष्ठ र रोनिश पाण्डे भए । सोनिका मिस र रोनिश मिस्टर तर्फ विजेता बनेका हुन् । प्रतियोगितामा अर्गनाइजर च्वाइस विवेक रानापाल र झरना ओली भए । 

प्रतियोगितामा फष्ट रनरअप जानवी भण्डारी र युग अधिकारी , सेकेन्ड रनरअप कृष्मा क्षेत्री र विकास भट्ट, थर्ड रनरअफ एकता शाह र रोनिश नेपाली भए ।

प्रतियोगितामा इन्टरनेशनल अवार्ड विजेता तर्फ एसईई बेष्ट मोडल अफ द युनिभर्स नेपाल रीना तामाङ, प्रि टिन इन्टरनेशनल नेपाल स्मृती विस्वकर्मा, टिन इन्टरनेशनल नेपाल आईरिस गुरुङ, इन्टरनेशनल टिन अफ द इयर नेपाल नेहा बुढाथोकी, इन्टरनेशनल टिन अफ द इयर मेल स्मित ढुंगाना, बेष्ट मोडल अफ द युनिभर्स नेपाल विवेक रानापाल, किड्स इन्टरनेशनल विनर लिटिल टुरिजम एम्बेसडर नेपाल आर्यन पोखरेल र उभ्भी लामा गुरुङ, किड्स बेष्ट मोडल अफ युनिभर्स नेपाल ब्रियाना उप्रेती भए ।

एसईई दिएर बसेका छात्र तथा छात्राको क्षमता अभिवृद्धि गर्दै उनीहरुलाई सक्षम रुपमा अगाडि बढ्न सक्ने व्यक्तित्व विकास गर्ने उदेश्यले फेशन ईराले प्रतियोगिता आयोजना गरेको हो । आयोजकले विजेता सबैलाई गरेर १२ लाख बराबरको छात्राबृतीका अवसर र विभिन्न गिफ्ट पुरस्कारको रुपमा प्रदान गरेको छ । सबै विजेताले अगामी अगस्टमा स्पेनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा अन्य देशका सहभागीसँग भिड्नेछन् ।

फेसन इराले अगामी अगष्ट १ बाट लिटिल टुरिजम एम्बेसडर नेपाल पनि आयोजना गर्दैछ । जसमा विभिन्न देशका सहभागी पनि प्रतिस्पर्धा गर्न नेपाल आउनेछन् । त्यस्तै लिटिल टुरिजम एम्बेसडर पनि पनि आयोजना हुनेछ । जसका विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप