शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

असार २ मा र्‍याप स्टारको फाइनल : को बन्ला विजेता ?

मङ्गलबार, ३० जेठ २०८०, ११ : ४२
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । र्‍याप गीतमा आधारित रियालिटी सो ‘र्‍याप स्टार’ को अन्तिम प्रतिस्पर्धा असार–२ मा हुने भएको छ । आयोजक संस्था ग्रीन मन्की फिल्मस् प्रा.लिले यस्तो जानकारी गराएको हो । 

हिपहप र र्‍याप गीतसंगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शोको आयोजना गरिएको शोका निर्देशक आदित्यविक्रम अछामीले बताए । ‘हामीले हिपहप र ‘र्‍याप गीतसंगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शो को आयोजना गरेका छौं । पहिलो शो बाटै हामी धेरै उत्साहित भएका छौं’, अछामीले भने ।

अन्तिम प्रतिस्पर्धामा अनुप उप्रेती (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) रहेका छन् । प्रतियोगितामा भोटिङको आधारमा विजेता घोषणा गरिने छ ।

यो प्रतियोगितालाई ओएसआर रियालिटीबाट डिजिटल प्लेटर्फमा देख्न सकिन्छ । प्रतियोगितको निर्णयकमा गिरीश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारी) रहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप