मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी मोर्चामा ‘कमरेड उपेन्द्र यादव’ !

सोमबार, ०४ असार २०८०, १८ : ००
सोमबार, ०४ असार २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई ‘कमरेड’को रुपमा सम्बोधन गरेका छन् ।  प्रचण्डले उपेन्द्र यादवलाई कमरेडको रुपम सम्बोधन गरेपछि हलमा हासोको गुञ्जायस समेत छाएको थियो । उसो त प्रचण्ड पनि कमरेडको रुपमा सम्बोधनपछि केही मुस्कुराएका थिए । 

सोमबार राजधानीमा आयोजित समाजवादी मोर्चाको घोषणासभामा सबै पार्टीलाई कम्युनिस्ट विचारधाराको रुपमा उभ्याउँदै प्रचण्डले नेताहरुलाई कमरेडको रुपमा सम्बोधन गरेका हुन् । यसअघि यादवलाई कमरेडको रुपमा सम्बोधन गरिने गरिएको थिएन ।  घोषणसभामार्फत माओवादीसहित, एकीकृत समाजवादी, जसपा र नेकपाको समाजवादी मोर्चा घोषणा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप