कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण अहिले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
काठमाडौँ उपत्यकामा अहिले हावा–हुरीसहित हल्का वर्षा भएको छ । रातिको समयमा पनि काठमाडौँमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जनरचट्याङ्गसहित वर्षा भएर यो सिस्टम अहिले क्रमशः देशको पूर्वी भेगतर्फ सरिरहेको छ ।
तुलनात्मक रुपमा बढी वर्षा बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भइरहेको छ । साथसाथै कोशी प्रदेशका पूर्वी क्षेत्रका थोरै स्थानमा वर्षा भइरहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम २० र अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण