शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तारक मेहता शोका निर्माता समस्यामा, यौन दुर्व्यवहारको मुद्दा दर्ता

मङ्गलबार, ०५ असार २०८०, १५ : ३०
मङ्गलबार, ०५ असार २०८०

मुम्बई प्रहरीले मंगलबार ‘तारक मेहता का उल्टा चश्मा’ का एक अभिनेताको उजुरीमा शोसँग सम्बन्धित केही व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार पवई प्रहरीले निर्माता असित कुमार मोदी, अपरेसन हेड सोहेल रमानी र कार्यकारी निर्माता जतिन बजाजविरुद्ध मुद्दा दर्ता गरेको छ । 

एजेन्सीका अनुसार हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन ।

यद्यपि, असित मोदीले आरोप अस्वीकार गरेका छन् । आफूलाई बदनाम गर्नका लागि उनीविरुद्ध मुद्दा दर्ता गरिएको उनले बताए । 

मुम्बई प्रहरीले अभिनेताको तर्फबाट लिखित उजुरी पाएको बताएको छ ।

यस्तै तारक मेहता का उल्टा चश्माको निर्माण गर्ने सङ्गठन निला फिल्म प्रोडक्सन लिमिटेडले सबै आरोप खारेज गरेको छ । 

संगठनले एफआरआई दर्ता भएकोबारे आफूहरूलाई केही पनि जानकारी नभएको र यसबारे कुनै पनि टिप्पणी नगर्ने बताएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप