४ लाख घुससहित तीन जना पक्राउ
मङ्गलबार, ०५ असार २०८०, १६ : ३७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार झापास्थित ग्रामीण सडक सुधार आयोजना आयोजना कार्यान्वयन इकाईमा कार्यरत कर्मचारीलाई ४ लाख घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा, लेखापाल हिमाल पौडेल रहेका छन् । उनीहरुले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरे बापत रु ४ लाख घुस सेवाग्राहीबाट मागेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनीहरुलाई अख्तियारको केन्द्र र आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाईको कार्यालय कम्पाउन्डबाट नियन्त्रणमा लिएको दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण