मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

४ लाख घुससहित तीन जना पक्राउ

मङ्गलबार, ०५ असार २०८०, १६ : ३७
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित तीन जनालाई पक्राउ गरेको छ । मंगलबार झापास्थित ग्रामीण सडक सुधार  आयोजना आयोजना  कार्यान्वयन इकाईमा कार्यरत कर्मचारीलाई ४ लाख घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रविन्द्र कुमार शर्मा, लेखापाल हिमाल पौडेल रहेका छन् । उनीहरुले सडक निर्माण कार्यको अन्तिम  बिल भुक्तानीको लागि सहजीकरण गरे बापत रु ४ लाख घुस सेवाग्राहीबाट मागेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

उनीहरुलाई अख्तियारको केन्द्र र आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाईको कार्यालय कम्पाउन्डबाट नियन्त्रणमा लिएको दाहालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप