संसद बैठक
संसदमा नयाँ अभ्यास : प्रदेश सांसदको शोक प्रस्ताव प्रतिनिधिसभामा
बुधबार, ०६ असार २०८०, १३ : ०७
काठमाडौँ । प्रतिनिधिसभामा बुधबारबाट नयाँ अभ्यास सुरुवात भएको छ । प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने अभ्यास सुरु गरेको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको नीजि सचिवालयले जनाएको छ ।
सोही अनुसार बुधबारको प्रतिनिधि सभा बैठकमा बझाङ १ (क) बाट निर्वाचित सुदूरपश्चिमसभा सदस्य पृथ्वीबहादुर सिंहको शोक प्रस्ताव पारित गर्दै सकिएको छ । प्रदेश मन्त्री समेत रहेका सिहंको मंगलबार बझाङमा भएको सवारी दुर्घटनामा निधन भएको थियो । बुधबारै बसेको दोस्रो बैठकमा बजेटमाथिको छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण