संसद बैठक
संसदमा नयाँ अभ्यास : प्रदेश सांसदको शोक प्रस्ताव प्रतिनिधिसभामा
बुधबार, ०६ असार २०८०, १३ : ०७

काठमाडौँ । प्रतिनिधिसभामा बुधबारबाट नयाँ अभ्यास सुरुवात भएको छ । प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने अभ्यास सुरु गरेको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको नीजि सचिवालयले जनाएको छ ।
सोही अनुसार बुधबारको प्रतिनिधि सभा बैठकमा बझाङ १ (क) बाट निर्वाचित सुदूरपश्चिमसभा सदस्य पृथ्वीबहादुर सिंहको शोक प्रस्ताव पारित गर्दै सकिएको छ । प्रदेश मन्त्री समेत रहेका सिहंको मंगलबार बझाङमा भएको सवारी दुर्घटनामा निधन भएको थियो । बुधबारै बसेको दोस्रो बैठकमा बजेटमाथिको छलफल जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
श्रमिकका अधिकार सुनिश्चित गर्ने मन्त्री भण्डारीको प्रतिबद्धता
-
धनगढीको डिपो गोदावरीमा सार्ने विषय रद्द, अन्त सार्ने कुरा कता हरायो ?
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव