उपेन्द्र यादवले भने–यथास्थितिमा बजेट पारित हुँदैन
काठमाडौँ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएका बजेट पारित नहुने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले गठबन्धन दलसँग छलफल नगरी ल्याएको बजेट यथास्थितिमा पारित नहुने बताएका हुन् ।
अध्यक्ष यादवले सरकारले बजेट सच्याएर ल्याउनुपर्ने बताए । आफ्नो पार्टी बजेटमा न्यायोचित वितरण भएन भन्ने पक्षमा रहेको भन्दै उनले बजेट सच्याएर अघि बढ्ने सहमति भएको समेत बताए ।
उनले भने, 'सरकारले गठबन्धनमा रहेका दलहरूसँग छलफल नै नगरीकन बजेट ल्याइएको छ । बजेटले पूरै मधेसलगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको छ । त्यसकारणले यसलाई सच्याउनुपर्छ भनेर सुधार गर्नुपर्छ भनेर हामीले भनेका छौँ । नसच्याई बजेट पास हुन कठिन छ । त्यसकारण सच्याउनु पर्छ ।’
यस्तै अध्यक्ष यादवले मुलुकलाई अग्रगामी निकास दिन समाजवादी मोर्चा गठन भएको बताए । उनले विगतका कमी कमजोरीहरुलाई सच्याएर मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका लागि मोर्चा गठन भएको बताए । उनले समाजवादी मोर्चा गठन गर्दा आफ्नो अस्तित्व नै सकियो भन्ने किसिमका समाचारहरू आइरहेको भन्दै समाजवादी मोर्चाले आदिवासी, जनजाति, मधेसी र पहिचानवादीको मुद्दालाई झनै बलियो बनाएको बताए ।
अध्यक्ष यादवले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई व्यवहारमा कार्यान्वयन गर्ने बेला आएको बताए । उनले आफ्नै देशका नागरिकलाई नागरिकता दिनबाट वञ्चित गर्ने कार्य असंवैधानिक कार्य भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण