केही दृश्य काटछाट गरेपछि ‘परस्त्री’ सेन्सर पास
शुक्रबार, ०८ असार २०८०, १८ : २६

काठमाडौँ । फिल्म ‘परस्त्री’ सेन्सर पास भएको छ । केही दृश्यको काटछाटपछि फिल्म सेन्सर पास भएको हो ।
फिल्म निर्माता दीपेन्द्र के खनालले सामाजिक सञ्जालमार्फत फिल्मको सेन्सर पास भएको जनाएका छन् । चलचित्र सेन्सर बोडले फिल्मलाई पिजी प्रमाण पत्र दिँदै प्रदर्शनका लागि पास गरेको हो । अब यो फिल्म १६ वर्षभन्दा कम उमेरकाले अभिभावकका साथ हेर्नु पर्नेछ ।
फिल्ममा रहेको केही हिंसात्मक दृश्य, चुम्बन र बेड सिनका कारण केही दिन अगाडि सेन्सरका लागि सच्याउन अनुरोध गरेको थियो ।
डीएस डिजिटलले निर्माण गरेको फिल्मका निर्देशक सुरज पाण्डे हुन् । फिल्ममा कोशिश क्षेत्री, गौरव विष्ट, शिल्पा मास्के, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी आदिको अभिनय रहेको छ । फिल्म १५ असारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी