नेदरल्यान्ड्सविरुद्ध नेपालको पाँचौं विकेट खस्यो
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्धको खेलमा पाँचौं विकेट गुमाएको छ । पाँचौं विकेटका रुपमा कुशल मल्ल १२ रन बनाउँदै आउट भएका हुन् । उनलाई आर्यन दत्तले तेजा निदामनुरुमार्फत क्याच गराए । कुशल मल्लले १९ बलको सामना गरी एक चौका हिर्काएका थिए ।
त्यसअघि चौथो विकेटका रुपमा भीम सार्की आउट भएका थिए । भीमको विकेट क्लेइटन फ्लाइडले लिएका हुन् । फ्लोइडले भीमलाई २२ रनमा सारिज अहमदद्वारा क्याच गराए । आउट हुनुअघि भीमले ५६ बलको सामना गरी एक चौका हिर्काएका थिए । भीम आउट हुँदा नेपालले १८.१ ओभरमा ६६ रन बनाएको थियो ।
त्यसअघि तेस्रो विकेटका रुपमा आरिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट बिक्रमजित सिंहले लिएका हुन् । सिंहले आरिफलाई ६ रनमा भान विकद्वारा क्याच गराए । १६।१ ओभरमा टोलीको कूल स्कोर ५४ रन हुँदा नेपालको तेस्रो विकेट खसेको हो । त्यसअघि नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । कुशलको विकेट बिक्रमजित सिंहले लिए । सिंहले कुशल भुर्तेललाई २७ रनमा विकेटकिपर एडवार्डसद्वारा क्याच गराएका थिए । कुशल भुर्तेलले ४२ बलको सामना गरी दुई चौका हिर्काए । दोस्रो विकेट खस्दा नेपालले १४.५ ओभरमा ४६ रन बनाएको थियो ।
त्यसअघि नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनको विकेट नेदरल्यान्ड्सका बलर लोगन भान विकले लिएका हुन् । आसिफ शून्य रनमै बोल्ड भए । पहिलो विकेट खस्दा नेपाल २.२ ओभरमा सात रन बनाएर खेल्दै थियो । नेपालले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थियो । विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । नेदरल्यान्ड्सले भने तेस्रो खेल खेल्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण