सेनाद्वारा विभिन्न जिल्लामा खोज, उद्धार तथा राहत कार्य जारी
काठमाडौँ । अविरल वर्षाका कारण बाढी तथा पहिरो प्रभावित इलाकाहरूमा नेपाली सेनाका स्थानीय युनिटहरूबाट परिचालित फौजले अन्य निकायहरूका साथै सर्वसाधारणसँगको सहकार्यमा खोज तथा उद्धार कार्य जारी राखेका छन् ।
सेनाका अनुसार मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नजिक हेवाखोलामा अस्थायी प्रयोगको लागि बाँसको फड्के पुल निर्माण गरिएको छ । साथै, पाँचथर जिल्लामा विस्थापित परिवारहरूलाई वितरण गर्नको लागि राहत सामग्री नेपाली सेनाको हेलिकप्टरद्वारा ढुवानी गरी जिल्ला विपद् व्यवस्थापन समिति, पाँचथरलाई बुझाइएको छ ।
यस्तै भोजपुर जिल्लको भोजपुर नगरपालिका-१० साङ्पाङ्ग टोल र डेलीखर्कका स्थानीयहरूको घर माथि गएको पहिरो पन्छाइ रोकथाम गर्ने कार्य गरिएको छ । त्यस्तै सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिका ४, ५ र ७ स्थित हेवावेशी दोभान इलाकामा शव तथा सामानहरूको खोजतलास गर्नुका साथै बाढीका कारण खोलाको बहाव अन्यत्र गएका स्थानहरूमा डोजर लगायतका उपकरणको समेत प्रयोग गरी खोलाको बहावलाई पहिलेकै धारमा ल्याउने कार्य गरिएको छ ।
त्यसैगरी रौतहट जिल्लाको राजदेवी नगरपालिका-३, चण्डीयास्थित बागमती नदीको बिच फाँटमा फसेका स्थानीयहरूलाई सकुशल उद्धार गरिएको छ भने ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका-८ स्थित विलन्दु गाउँका पहिरो पीडितहरूलाई स्थानीय निकायको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण