विश्व क्रिकेटको दुर्लभ नतिजा : बराबरीमा सकियो वेस्ट इन्डिज र नेदरल्यान्ड्सबीचको खेल
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सोमबार भएको समूहगत चरणको अन्तिम खेल बराबरीमा सकिएको छ । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेदरल्यान्ड्सबीचको खेल बराबरीमा सकिएको हो ।
विश्व क्रिकेटमा यो दुर्लभ नतिजा हो । खेलका क्रममा नेदरल्यान्ड्सले वेस्ट इन्डिजलाई गतिलो चुनौती दियो । पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर तीन सय ७४ रन नै बनायो ।
अर्को खेलमा जिम्बाबेले अमेरिकालाई तीन सय चार रनको फराकिलो अन्तरले हरायो । पहिलो ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ओभरमा ६ विकेट गुमाएर चार सय आठ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले भने २५.१ ओभरमै अलआउट हुनुअघि एक सय चार रनमात्र बनाउन सक्यो । विश्वकप छनोट खेल जिम्बाबेमा भइरहेको छ । नेपाल भने उपाधि होडबाट यसअघि नै बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारले ११ महिनासम्म वार्षिक बजेटको आधा पनि खर्च गर्न सकेन
-
सरकारी जग्गा भोगाधिकारबारे विभागको पत्राचार
-
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल
-
भारी वर्षाका कारण गुआङडोङमा करिब ४० हजार मानिस विस्थापित
-
१५ वर्षअघि किनेको २ करोड डलरको स्पेसएक्सको सेयर २० अर्ब पुग्यो
-
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण