जिल्ला निर्वाचन कार्यालय खारेज गर्नेकुरा काँग्रेसले सोच्न सक्दैन : प्रमुख सचेतक लेखक
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नेकुरा सम्भव हुन नसक्ने बताएका छन् ।
मंगलावर संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भन्नेकुरामा सरकार र कांग्रेस जानकार रहेको बताए ।
प्रमुख सचेतक लेखकले निर्वाचन आयोगका कुनैपनि कार्यालय सरकारको कुनै निकायमा सार्ने कुरा हुन नसक्ने बताए । उनले कांग्रेस अवाञ्छित गतिविधि गरेर निर्वाचन जित्नुपर्छ भन्ने मान्यता राख्ने पार्टी नभएको बताए ।
उनले भने, ‘सरकारले यो कुरा पटकपटक भनेको पनि हो । निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भनेको छ । निर्वाचन आयोगका कुराहरु सरकारको कुनै निकायमा सार्ने कुरै हुन सक्दैन । नेपाली कांग्रेसका लागि यो कुरा सह्य हुँदैन । हामी राज्य, सरकार र निर्वाचन आयोग बाहेकका निकायले निर्वाचन सञ्चालन गर्नुपर्छ, निर्वाचनमा अवाञ्छित गतिविधि गरेर निर्वाचन जित्नुपर्छ, भन्ने मान्यता नै राख्ने पार्टी होइनौँ । कुनैपनि घटनालाई अतिरञ्जित गराउनु हुँदैन, अहिलेको सरकारमा काँग्रेस छ, काँग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्छ । त्यसका उदाहरण प्रशस्त छन्, यसलाई अन्यथा लिनु हुँदैन ।’
प्रमुख सचेतक लेखकले कुनैपनि घटना निष्पक्ष, स्वतन्त्र, पूर्वाग्रहीरहीत ढंगबाट छिनोफानो हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण