शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला निर्वाचन कार्यालय खारेज गर्नेकुरा काँग्रेसले सोच्न सक्दैन : प्रमुख सचेतक लेखक

मङ्गलबार, १२ असार २०८०, १९ : ०७
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नेकुरा सम्भव हुन नसक्ने बताएका छन् ।  

मंगलावर संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले  निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भन्नेकुरामा सरकार र कांग्रेस जानकार रहेको बताए ।  

प्रमुख सचेतक लेखकले निर्वाचन आयोगका कुनैपनि कार्यालय सरकारको कुनै निकायमा सार्ने कुरा हुन नसक्ने बताए । उनले कांग्रेस अवाञ्छित गतिविधि गरेर निर्वाचन जित्नुपर्छ भन्ने मान्यता राख्ने पार्टी नभएको बताए ।  

उनले भने, ‘सरकारले यो कुरा पटकपटक भनेको पनि हो । निर्वाचन आयोगलाई स्वतन्त्र, निष्पक्ष बनाउनुपर्छ भनेको छ । निर्वाचन आयोगका कुराहरु सरकारको कुनै निकायमा सार्ने कुरै हुन सक्दैन । नेपाली कांग्रेसका लागि यो कुरा सह्य हुँदैन । हामी राज्य, सरकार र निर्वाचन आयोग बाहेकका निकायले निर्वाचन सञ्चालन गर्नुपर्छ, निर्वाचनमा अवाञ्छित गतिविधि गरेर निर्वाचन जित्नुपर्छ, भन्ने मान्यता नै राख्ने पार्टी होइनौँ । कुनैपनि घटनालाई अतिरञ्जित गराउनु हुँदैन, अहिलेको सरकारमा काँग्रेस छ, काँग्रेस निष्पक्ष निर्वाचनमा विश्वास गर्छ । त्यसका उदाहरण प्रशस्त छन्, यसलाई अन्यथा लिनु हुँदैन ।’

प्रमुख सचेतक लेखकले कुनैपनि घटना निष्पक्ष, स्वतन्त्र, पूर्वाग्रहीरहीत ढंगबाट छिनोफानो हुनुपर्ने बताए । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप