पुटिनले वाग्नर समूहका सैनिकलाई देशभक्त भन्दै राखे यस्तो प्रस्ताव
मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहपछि हटेपछि सोमबार राति पहिलो पटक देशलाई सम्बोधन गरेका छन् । रुसी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले वाग्नर गुटको विद्रोह र यसमा भाग लिने नेताहरूको बारे उल्लेख गरेका छन् । साथै विद्रोहको प्रयासमा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउनुपर्ने पनि बताए ।
उनले गत शनिबारको विद्रोहको लागि वाग्नर समूहका नेतृत्वहरूलाई दोष दिँदै भने,‘ उनीहरु रूसलाई रक्तपातपूर्ण संघर्षमा डुबेको हेर्न चाहन्छन्।’ पुटिनले यो विद्रोहका योजनाकारहरूलाई न्यायको कठघरामा ल्याउने वाचा गरेका छन्। यद्यपि, पुटिनले सामान्य वाग्नर सैनिकहरूलाई देशभक्तको रूपमा वर्णन गर्दै उनीहरूलाई रूसी सेनामा भर्ती हुन, बेलारुस जान वा आफ्नो घर फर्कन अनुमति दिइने बताए।
पुटिनले भने, “हामीलाई थाहा थियो कि वाग्नर समूहका अधिकांश लडाकु र कमाण्डरहरू पनि रुसी देशभक्त हुन्। आफ्नो जनता र राज्य प्रति वफादार छन् । उनीहरुले युद्धको मैदानमा आफ्नो साहसबाट यो प्रमाणित गरेका छन्। उनीहरुले डोनबास र नोभोरोसिया मुक्त गरे । तसर्थ, घटनाको सुरुदेखि नै मेरो निर्देशन अनुसार कदम चालिएको थियो र 'ठूलो रक्तपात' बाट बच्न मेरो निर्देशन थियो। जबकि पश्चिमा र युक्रेन रुसीहरूले एक अर्कालाई मारेको हेर्न चाहन्थे।
यद्यपि, आफ्नो सम्बोधनमा, पुटिनले वाग्नर समूहका प्रमुख, येभगेनी प्रिगोजिनको नाम लिएनन्। पुटिनले भने, ‘हामीले २४ घण्टाभन्दा कम समयमै विद्रोह अन्त्य गर्यौँ ।‘ उनले राष्ट्रलाई एकजुट भएर बसेकोमा मात्र नभई पछि हटेको र रक्तपात नगरेकोमा वाग्नर समूहलाई पनि धन्यवाद दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण