शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पुटिनले वाग्नर समूहका सैनिकलाई देशभक्त भन्दै राखे यस्तो प्रस्ताव

मङ्गलबार, १२ असार २०८०, २० : ५८
मङ्गलबार, १२ असार २०८०

मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहपछि हटेपछि सोमबार राति पहिलो पटक देशलाई सम्बोधन गरेका छन् । रुसी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले वाग्नर गुटको विद्रोह र यसमा भाग लिने नेताहरूको बारे उल्लेख गरेका छन् । साथै विद्रोहको प्रयासमा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउनुपर्ने पनि बताए ।

उनले गत शनिबारको विद्रोहको लागि वाग्नर समूहका नेतृत्वहरूलाई दोष दिँदै भने,‘ उनीहरु रूसलाई रक्तपातपूर्ण संघर्षमा डुबेको हेर्न चाहन्छन्।’ पुटिनले यो विद्रोहका योजनाकारहरूलाई न्यायको कठघरामा ल्याउने वाचा गरेका छन्। यद्यपि, पुटिनले सामान्य वाग्नर सैनिकहरूलाई देशभक्तको रूपमा वर्णन गर्दै उनीहरूलाई रूसी सेनामा भर्ती हुन, बेलारुस जान वा आफ्नो घर फर्कन अनुमति दिइने बताए।

पुटिनले भने, “हामीलाई थाहा थियो कि वाग्नर समूहका अधिकांश लडाकु र कमाण्डरहरू पनि रुसी देशभक्त हुन्। आफ्नो जनता र राज्य प्रति वफादार छन् । उनीहरुले युद्धको मैदानमा आफ्नो साहसबाट यो प्रमाणित गरेका छन्। उनीहरुले डोनबास र नोभोरोसिया मुक्त गरे । तसर्थ, घटनाको सुरुदेखि नै मेरो निर्देशन अनुसार कदम चालिएको थियो र 'ठूलो रक्तपात' बाट बच्न मेरो निर्देशन थियो। जबकि पश्चिमा र युक्रेन रुसीहरूले एक अर्कालाई मारेको हेर्न चाहन्थे।

यद्यपि, आफ्नो सम्बोधनमा, पुटिनले वाग्नर समूहका प्रमुख, येभगेनी प्रिगोजिनको नाम लिएनन्। पुटिनले भने, ‘हामीले २४ घण्टाभन्दा कम समयमै विद्रोह अन्त्य गर्‍यौँ ।‘ उनले राष्ट्रलाई एकजुट भएर बसेकोमा मात्र नभई पछि हटेको र रक्तपात नगरेकोमा वाग्नर समूहलाई पनि धन्यवाद दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप