संसद्
बजेट पारित गर्न एमालेले माग्यो मत विभाजन प्रक्रिया
बुधबार, १३ असार २०८०, १६ : २४
काठमाडौँ । मत विभाजनको प्रक्रियाबाट बजेट पारित हुने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा प्रस्तुत गरेको बजेट पारित गर्नका लागि मत विभाजनको प्रक्रिया अपनाउन एमालेले माग गरेपछि सभामुखले ध्वनि मतको सट्टा मत विभाजनको प्रक्रियाबाट बजेट पासका लागि प्रक्रिया अघि बढाउनेछन् ।
एमाले सचेतक महेश बर्तौलाले मत विनियोजन विधेयक २०८० माथि असहमति राख्ने सांसद धेरै रहेको दाबी गर्दै ध्वनि मतको सट्टा मत विभाजनको प्रक्रिया अपनाउन आग्रह गरे । प्रतिनिधिसभाकाे नियमावली २०७९ मा २८ जना बढी सांसदले उठेर मत विभाजनको प्रक्रिया माग गरेमा सभामुखको सो को प्रक्रिया अपनाउनुपर्ने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण