शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

वैवाहिक जीवनमा बाँधिए ‘दर्पण छाया २’ का कलाकार सहारा र फिरोज

बिहीबार, १४ असार २०८०, १० : ४८
बिहीबार, १४ असार २०८०

काठमाडौंँ । फिल्म ‘दर्पण छाया २’ की अभिनेत्री सहारा कार्की र अभिनेता फिरोज तिमल्सिनाले विवाह गरेका छन् । गत साता इन्गेजमेन्ट गरेका उनीहरुले गत सोमबार अमेरिकामै लगनगाँठो कसेका हुन् ।

करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरूको विवाह समारोहमा दुई पक्षका सीमित परिवार सदस्यको उपस्थिति थियो । पछिल्लो समय दुवै अमेरिका बस्दै आएका छन् ।

‘दर्पण छाया २’ सहाराले पुष्पको अपोजिटमा अभिनय गरेकी थिइन् भने उनीहरूको घनिष्ठ साथीको भूमिकामा फिरोज थिए । यही फिल्मबाट सहारा र फिरोजबीच प्रेम अंकुराएको बताइन्छ ।

सहारा र फिरोजले ‘मेरी प्रिया’ र ‘किन’ गीतको म्युजिक भिडियोमा पनि एकसाथ काम गरेका छन् । दुवै गीतमा फिरोजको आवाज छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप