विप्लव नेतृत्वको नेकपाले ४० विघा खेतमा रोपाईं गरेर धान दिवस मनाउँदै
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले देशैभर ४० विघा खेतमा रोपाईं गरेर असार १५ गते धान दिवसको उद्घाटन गर्ने भएका छन् । सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत महासचिव विप्लवले पार्टी केन्द्रसहित ब्यूरो, जिल्ला कमिटी र जनवर्गीय संगठनहरुले एक सय विघामा धान लगाउने दाबी गरे । ‘आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादन नीति’ अनुरुप विभिन्न जिल्लामा धान लगाउन थालिएको विप्लवले बताए ।
‘आत्मनिर्भर पार्टी र आत्मनिभर उत्पादन अघि सारेका छौं । यसको चर्चा र विश्लेषण व्यापक छ । यसलाई प्रयोगमा लैजाँदा अत्यन्तै विश्वास र समर्थन पाएका छौं’ विप्लवले भने, ‘असार १० गतेदेखि असार ३० गतेसम्म वर्षे बाली उत्पादन गर्न महासचिवदेखि पार्टी सदस्य जनवर्गीय संगठनका नेता कार्यकर्ता उत्पादनमा लाग्ने छौं ।’ असार १५ गते पार्टीका केन्द्रीय नेताहरु सहभागी भई बर्दिया, कपिलवस्तु, चितवन, सुनसरी, सिन्धुली, सल्यानमा ४० विघाभन्दा उत्पादन गर्न लागेको विप्लवले बताए । आफुहरुको यो अभियानले किसानलाई उत्प्रेरित गर्नुका साथै कृषिमा थोरै भएपनि योगदान गर्ने अपेक्षा लिएको विप्लवले बताए ।
पार्टी उत्पादनमा लागेपछि नेता कार्यकर्ता मात्रै नभई सर्वसाधारणमा समेत सकारात्मक प्रभाव परेको उनले बताए । यसअघि विप्लवले कपिलवस्तु र ललितपुरमा कम्युनको रुपमा खेती गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण