शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘यस्तै हो लाइफ’ १५ असारबाट प्रिमियर हुँदै

बिहीबार, १४ असार २०८०, १८ : ०२
बिहीबार, १४ असार २०८०

काठमाडौँ । नेपाली वेब सिरिज ‘यस्तै हो लाइफ’ असार १५ बाट पहिलो एपिसोड प्रिमियर हुने भएको छ । 

‘स्टुडियो आकार’ यूट्युब च्यानलमार्फत् आइरहेको सिरिजमा करिअरको खोजीमा रहेका ६ जना मित्रहरूको दिनचर्याको कथा समेटिएको छ । उनीहरू बीचको मित्रता, प्रेम तथा आत्मखोजको कथा यसमा छ । 

सिरिजका निर्देशक इलम दीक्षितका अनुसार ‘यस्तै हो लाइफ’ काठमाडौँका नयाँ पुस्ताको कथा हो ।

सिरिज आठ एपिसोडको हुनेछ । सबै एपिसोड एक साताभित्र अपलोड गरिने निर्देशक दीक्षितले बताए । निर्देशक दीक्षित र सानिया शाहले सिरिजको लेखन गरेका हुन् । 

सिरिजमा मेनुका प्रधान, दिव्य देव, सिर्जना रेग्मी, नम्रता सापकोटा, अमोद भट्ट र स्मिथ तामाङको मुख्य भूमिका छ । यस्तै, रमा थपलिया, लूनिभा तुलाधर र समीरमणि दीक्षित अतिथि कलाकारको भूमिकामा छन् ।

सिरिजका डीओपी श्याम तामाङ हुन् भने सम्पादन तुषार तण्डुकारले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप