शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रतिभा निखार्न मुम्बई उडिन् प्रसिद्धि

शुक्रबार, १५ असार २०८०, १४ : २०
शुक्रबार, १५ असार २०८०

काठमाडौँ । मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह मुम्बई उडेकी छन् । मिस इन्टरनेसनलको तयारीका लागि उनी आमा रुबी राणासँगै शुक्रबार मुम्बई उडेकी हुन् । उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै मुम्बई यात्राको जानकारी दिएकी छन् ।

मिस इन्टरनेसनल आगामी कात्तिक ९ गते जापानको टोकियोमा आयोजना हुँदैछ । जसका लागि उनले मुम्बईमा ग्रुमिङ, वाकिङ, मेकअप लगायतका विषयमा आफूलाई निखार्ने छिन् । कार्यक्रममा उनले वातावरणको परिचय दिनुको अलवा नेपाली कलासंस्कृति र भेषभुषाको समेत जानकारी दिनेछिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप