बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
बाल–रचना

हरि र रामको संवाद : ‘वन विनाश नगरौँ’

शनिबार, १६ असार २०८०, १३ : ०८
शनिबार, १६ असार २०८०

(राम जङ्गलमा रूख काट्दै छन् । उनका एकजना छिमेकी हरि गर्मीका कारण शीतल हावा खान भनेर जङ्गल घुम्दै राम भएको ठाउँमा पुग्छन् र रामसँग कुराकानी गर्न थाल्छन् ।)

हरि : ए साथी ! तिमीले यो के गरेको ? यसरी वन विनाश गर्नु हुँदैन नि, तिमीलाई थाहा छैन र ?

राम : मैले आफ्नो पुँजीका लागि रूख काटेको हुँ, त्यो पनि एउटा मात्र, वन विनाश गर्न थालेको होइन ।

हरि : तिमीले आज एउटा रूख काटे पनि दिनको एउटा रूख काट्यौ भने महिनाको ३० वटा र वर्षको तीन सय ६५ वटा रूख काट्छौ ।

राम : जङ्गलभरि यति धेरै रूख छन्, काटेर पनि केही फरक पर्दैन ।

हरि : के तिमीले एउटा रूख काट्दा १० वटा रूख रोपेका छौ ? नेपाल सरकारले पनि त्यही भनिरहेको हुन्छ ।

राम : मैले त त्यसरी रूख रोप्ने गरेको छैन ।

हरि : त्यसो भए तिमीले एउटा रूख काट्दा अर्को रूख रोप्ने गरेका छौ त ?

राम : त्यो पनि छैन । 

हरि : यो रूख तिमीले काठको कारखाना चलाउन वा अरु केही कामका लागि काटेको हो नि ?

राम : मैले मेरो कारखाना चलाउनका लागि नै यो रूख काटेको हो । 

हरि : के तिमीले कारखाना नेपाल सरकारले तोकेको ठाउँमा दर्ता गराएका छौ ? वा रूख काट्नका लागि वन विभागको अनुमति लिएका छौ ? तिमीलाई थाहा छैन र रूखबाट हामीलाई प्राणवायु मिल्छ भनेर ?

राम : मैले त कारखाना नेपाल सरकारले तोकेको ठाउँमा दर्ता गराएको पनि छैन, न रूख काट्नका लागि वन विभागको अनुमति लिएको छु । रूखबाट प्राणवायु मिल्छ भन्ने कुरा त थाहा छ ।

हरि : रूखबाट प्राणवायु मिल्छ भन्ने कुरा तिमीलाई पनि थाहा रहेछ । यसरी जथाभावी रूख काट्दा तिमीलाई प्रहरीले समात्न पनि सक्छ है ।

राम : के यो प्रहरीको वन हो र मलाई समात्न ? मैले रूख काट्दैमा प्राणवायुको कमी हुँदैन साथी, यहाँ र संसारभर अरू पनि धेरै रूख रहेका छन् नि ।

हरि : यो प्रहरीको वन नभए पनि सरकारले प्रहरीलाई वन–जङ्गलको संरक्षणमा खटाएको हुन्छ । तिमीलाई वन–जङ्गलको फँडानीले केही असर नगरे पनि तिम्रा सन्तान, वंशज, आउने पुस्ता र नयाँ पिँढीलाई असर गर्छ ।

यत्तिकैमा प्रहरी महानिरीक्षक सहितको प्रहरी टोलीको आगमन हुन्छ ।

प्रहरी १ : (रामलाई देखाउँदै) सर यसले नै हो रूख काटेको ।

प्रहरी २ : हो हो सर, यही मानिस हो ।

प्रहरी महानिरीक्षक : त्यसो भए यसलाई अहिल्यै समातेर खोरभित्र हाल ।

राम : माफी पाऊँ सर । म अबदेखि कहिल्यै रूख काट्दिनँ । 

प्रहरी २ः तैँले अनुमति विना जथाभावी रूख काटेकोले अब तँलाई छोड्न मिल्दैन ।

प्रहरी १ : हो सर ।

प्रहरी महानिरिक्षक : अब समय खेर नफाल, यसलाई तुरुन्तै लिएर हिँड ।

(प्रहरीले रामलाई समातेर लैजान्छन् ) 

 हरि : (आफैँसँग) मैले भनेको मानेन । अब प्रहरीले समातेर लगिहाले नि !

(हरि आफैँसँग कुरा गर्दै घर फर्किन्छ) ।

कक्षा : ७, सौरदीप बोर्डिङ स्कुल, बालाजु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सार्थक पौडेल
सार्थक पौडेल
लेखकबाट थप