यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना, मधेसमा हावाहुरी चल्ने
आइतबार, १७ असार २०८०, ०६ : ०५

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा भए पनि कोशी र मधेस प्रदेशमा भने चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यी दुई प्रदेशमा हावा हुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
-
प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित
-
‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
-
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
-
बाबिल खानले लिए करियरबाट ‘ब्रेक’
-
सुकदेव उपाध्यायको दोस्रो उपन्यास ऐँजेरुको लोकार्पण