सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सलोनले जिते भारतमा अवार्ड

आइतबार, १७ असार २०८०, १० : ४७
आइतबार, १७ असार २०८०

काठमाडौँ । अभिनेता सलोन बस्नेत त्रिलोक इन्टरनेशनल फिल्म फेयर अवार्डमा उत्कृष्ट अभिनेता घोषित भएका छन् । उनले छोटो फिल्म ‘इम प्योर’बाट उक्त अवार्ड हात परेका हुन् ।

भारतको तालिनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन सट फिल्म विद्या तर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।

अस्ट्रेलियाको कम्पनीले निर्माण गरेको फिल्म अनुप थापाले निर्देशन गरेका हुन् । फिल्ममा सलोनका अलवा अभिनेत्री मेनुका प्रधान र रुविना थापाको अभिनय छ ।

बालकालकारको रूपमा परिचित सलोनले होस्टेलबाट नेपाली फिल्म अभिनयमा डेब्यु गरेका हुन् । सलोनको मुख्य भूमिका रहेको फिल्म ‘जय हो’ आगामी भाद्र ८ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप