सन्दीपले लिए यूएईको दोस्रो विकेट
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालले संयुक्त अबर इमिरेट्स (यूएई) को दोस्रो विकेट लिएको छ । स्पिरन सन्दीप लामिछानेले यूएईको दोस्रो विकेट लिएका हुन् । सन्दीपले यूएईका विकेटकिपर ब्याट्सम्यान आर्यान्स शर्मालाई २८ रनमा पेभेलियन फर्काएका हुन् । सन्दीपले उनलाई २८ रनको ब्यक्तिगत स्कोरमा आरिफ शेखमार्फत क्याच गराए । आर्यान्स आउट हुँदा यूएईले ६४ रन बनाएको थियो ।
त्यसअघि नेपालका ओपनर बलर करण केसीले यूएईका ओपनर ब्याट्सम्यान आसिफ खानलाई शून्य रनमै पेभेलियन फर्काएका थिए । करणले पहिलो ओभरको दोस्रो बलमै आसिफलाई विकेटकिपर अर्जुन साउदमार्फत क्याच गराएका थिए । पहिलो विकेट गुमाउँदै यूएईले खातासम्म खोलेको थिएन ।
नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको थियो । यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको नेपालले वरीयताका लागि यूएईसँग भिडन्त गरेको हो । उक्त खेलमा विजयी हुने टोलीले आगामी मंगलबार आयरल्यान्डसँग सातौं वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । आयरल्यान्डविरुद्धको खेलमा विजयी हुने टोलीले सातौं र पराजित हुने टोलीले आठौं वरीयता प्राप्त गर्नेछ ।
यसैगरी नेपाल र यूएईबीचको खेलमा पराजित हुने टोलीले आगामी बिहीबार अमेरिकासँग नवौं वरीयताका लागि प्रतिस्पर्धा गर्नेछ । अमेरिकाविरुद्घको खेलमा विजयी हुने टोलीले नवौं र पराजित हुने टोलीले १० औं वरीयता प्राप्त गर्नेछन् । विश्वकप छनोट प्रतियोगिता जिम्बाबेमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण