आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय च्याम्पियन प्रिन्सलाई हराउँदै प्रफुलले उपाधि चुमे

आइतबार, १७ असार २०८०, २० : ५२
आइतबार, १७ असार २०८०

काठमाडौँ । त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाललाई पराजित गर्दै तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलतर्फको उपाधि जितेका छन् । 

विश्व जुनियर नम्बर एक रहिसकेका दाहाललाइ महर्जनले २१-१९, २१-२३, २१-१८ अंकले पराजित गर्दै उपाधि उचालेका हुन् । एपीएफ क्लबका देवराज राना र आर्मीका रुकेश महर्जन तेस्रो भए । 

महर्जनको राष्ट्रिय प्रतियोगितिामा यो पहिलो उपाधि हो । उनी हालैमात्र जापान बसेर फर्केका थिए । प्रधानमन्त्री कपको पहिलो संस्करणमा दिपेश धामी विजेता बनेका थिए । दोश्रो संस्करणमा भने प्रिन्सले उपाधि जितेका  थिए । 

महिला एकलतर्फ आर्मी क्लबकी अनुमाया राईलाई पराजित गर्दै आर्मीकै रसिला महर्जन च्याम्पियन बनिन् । महर्जनले फाइनलमा राईलाई २१-१८, २१-१६ अंकले हराइन् । अघिल्लो संस्करणको उपाधि पनि महर्जनले नै जितेकी थिइन् । कस्तुरी कलेजकी सिमा राजवंशी र आर्मीकी अमिता गिरी तेस्रो भए । 

नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा बामती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको व्यवस्थापनमा भएको प्रतियोगितिाको यू—११ ब्वाइजतर्फ सूर्य दर्शन ब्याडमिन्टन एकेडेमीका आदित्य थारु पहिलो भए । उनले फाइनलमा एमबीबीएफका आर्नभ श्रेष्ठलाई हराए । आर्मीका दीप थिङ र आईबीएससीका प्रिन्स थापामगरले तेस्रो भए । 

यू—१३ तर्फ ब्वाजइजमा आर्मीका सुदेश राजकोटी पहिलो भए । उनले फाइनलमा आर्मीकै रिनज मगरलाई हराए । एपीएफका आयुष सिमखडा र काठमाडौँका सुहम कार्की तेस्रो भए । गल्र्सतर्फ दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता कार्की पहिलो भइन् । उनले फाइनलमा एमबीबीएफकी निभा राईलाई पराजित गरिन् । उक्त स्पर्धामा बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई र ललितपुरकी टिशा रानी शाक्य तेस्रो भए ।

यू—१५ ब्वाईजतर्फ आर्मीका सुविन श्रेष्ठ पहिलो भए । उनले फाइनलमा एपीएफका शिषिर रानालाई हराए । आर्मीका रिजन मगर र सौर्य महर्जन तेस्रो भए । गल्र्सतर्फ कास्कीकी दिलाशा राना पहिलो भइन् । उनले फाइनलमा आर्मीकी रिहाना शेरचनलाई हराइन्  । एमबीबीएफकी निभा राई र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री तेस्रो भए । 

भेट्रान्स ४५ वर्षमाथिको खेलमा कास्कीका शम्भु श्रेष्ठ र राजेश गुरुङको जोडी पहिलो भयो । उक्त जोडीले फाइनलमा पिस फिटनेश क्लबका संजय कपाली र अनिल थामसुहाङको जोडीलाई हरायो । स्पोर्टस हबका सनबहादुर साँवा र लाक्पा शेर्पाको जोडी तथा चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडी तेस्रो भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप