मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता असार १९ र २० गते हुने
काठमाडौँ । नेपाल खेलकुद महासंघले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०८० आयोजना गर्नेे भएको छ ।
महासंघले सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा यही असार १९ र २० गते मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०८० आयोजना गर्न लागेको जानकारी दिएको हो ।
महासंघका सचिव तीर्थबहादुर खड्काले ब्याडमिन्टन प्रतियोगितामा संविधान सभा सदस्य, वर्तमान तथा पूर्व राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरुबीच प्रतिष्पर्धा हुने बताए । उनले दुई दिनसम्म चल्ने प्रतियोगिताका लागि सबै राजनीतिक दलहरुबाट ६० भन्दा बढी सांसदहरुले नाम दर्ता गराइसकेको बताए ।
महासंघका अध्यक्ष पर्शुराम बस्नेतले सबै राजनीतिक दलका सांसदहरुलाई एउटै खेल मैदानमा ब्याडमिन्टन प्रतियोगिता गराएर सकारात्मक सन्देश दिन खोजिएको बताए । उनले ब्याडमिन्टन प्रतियोगिता असार १९ र २९ गते हुने बताए ।
मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०८० को उद्घाटन असार १९ गते महालक्ष्मीस्थान ललितपुरको रिभाइभ लिजर पार्कमा हुनेछ । खेल खेल्नको लागि खेलाडीहरुले असार १८ गते ३ बजेसम्म नाम दर्ता गराइसक्नुपर्ने आयोजकले बताएको छ ।
प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण