आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता असार १९ र २० गते हुने

सोमबार, १८ असार २०८०, १८ : ४०
सोमबार, १८ असार २०८०

काठमाडौँ । नेपाल खेलकुद महासंघले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०८० आयोजना गर्नेे भएको छ । 

महासंघले सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा यही असार १९ र २० गते मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०८० आयोजना गर्न लागेको जानकारी दिएको हो । 

महासंघका सचिव तीर्थबहादुर खड्काले ब्याडमिन्टन प्रतियोगितामा संविधान सभा सदस्य, वर्तमान तथा पूर्व राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरुबीच प्रतिष्पर्धा हुने बताए । उनले दुई दिनसम्म चल्ने प्रतियोगिताका लागि सबै राजनीतिक दलहरुबाट ६० भन्दा बढी सांसदहरुले नाम दर्ता गराइसकेको बताए ।  

महासंघका अध्यक्ष पर्शुराम बस्नेतले सबै राजनीतिक दलका सांसदहरुलाई एउटै खेल मैदानमा ब्याडमिन्टन प्रतियोगिता गराएर सकारात्मक सन्देश दिन खोजिएको बताए । उनले ब्याडमिन्टन प्रतियोगिता असार १९ र २९ गते हुने बताए ।  

मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०८० को उद्घाटन असार १९ गते महालक्ष्मीस्थान ललितपुरको रिभाइभ लिजर पार्कमा हुनेछ । खेल खेल्नको लागि खेलाडीहरुले असार १८ गते ३ बजेसम्म नाम दर्ता गराइसक्नुपर्ने आयोजकले बताएको छ । 

प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप