शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘टिन स्टार इन्टरनेसनल २०२३’ भाग लिन थाइल्यान्ड उडे आर्नभ, निभिका र सायरा

मङ्गलबार, १९ असार २०८०, ०८ : १४
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिका आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभिका दुवालले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । जुलाई ३ तारिखदेखि ११ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगीताका लागि तीनै प्रतियोगिता सोमबार थाइल्यान्ड उडेका छन् ।

करिब ४५ देशको सहभागिता रहने प्रतियोगितामा उनलाई इभेन्ट वेटर ग्यालेक्सीले पठाएको हो । नेपालको तर्फबाट सहभागिता जनाउने १३ वर्षीय आर्नभ श्रेष्ठ काठमाडौँ प्रयागकुञ्ज स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् ।  भविष्यमा व्यवसायी बन्ने लक्ष्य राख्ने आर्नभ ईभन्ट वेटर ग्यालेक्सीले आयोजना गरेको ‘नेसकल किड्स अफ द इयर २०२२’ का विजेता हुन् ।

सोही प्रतियोगिताकी सहभागी ११ वर्षीय सायरा भट्ट पाठशाला नेपालमा कक्षा ६ मा अध्ययनरत छन् । भविष्यमा न्युरो सर्जन बन्ने लक्ष्य राख्ने सायरा पनि नेसनल किड्स अफ द इयर २०२२ का विजेता हुन् ।

त्यस्तै तेस्रो सहभागी १३ बर्सिया निभिका दुवाल लिटल वल्र्ड इङ्लिस स्कुलमा कक्षा ८ की विद्यार्थी हुन् । भविष्यमा एनिमेटर बन्ने सोच भएकी निभिका नेसनल किड्स अफ द इयर २०२२ की फस्ट रनर अप हुन् ।

नेपालका लागि सो प्रतियोगिताको नेसनल डाइरेक्टर धिरज तण्डुकार र आधिकारिक संस्था इभेन्ट वेटर ग्यालेक्सी इन्टरटेन्मेन्ट रहेको छ । प्रतियोगीलाई इभेन्ट वेटर ग्ल्यालेक्सीका सिइयो आफैले थाइल्यान्ड लिएर उडेका हुन् । 

प्रतियोगीका लागि प्रशिक्षण तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी अभिमुखीकरण तथा तयारी सञ्चारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् । नेपालको प्रतिनिधित्व गर्ने सहभागीहरूको पहिरन डिजाइन सिआईएफटीले गरेको हो ।

कार्यक्रममा नेपालको तर्फबाट सहभागीले नेपाली कला संस्कृति र कल्चरल ड्रेसमा समेत प्रस्तुत गरेका छन् । थाईल्याण्डको बैंकक र पटाया सहरमा सञ्चालन हुने टिन स्टार इन्टरनेसनल २०२३ मा फाइनल प्रतिस्पर्धा जुलाई ९ तारिखमा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप