शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सुर्खेतमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

‘कृषि उत्पादन बढ्दो, आर्थिक अवस्थामा सुधार’

जोन क्षेत्र विस्तार, रोजगारीसँगै २३ हजार बढी घरधुरी लाभान्वित
मङ्गलबार, १९ असार २०८०, १३ : ४१
मङ्गलबार, १९ असार २०८०

सुर्खेत । सुर्खेतमा ०७३ सालदेखिनै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु छ । विशेषगरि यो परियोजनाले परम्परागत रुपमा खेती गर्दै आएका कृषकहरुलाई व्यवसायिक खेतीतर्फ अग्रसर गराउनका साथै आर्थिक अवस्थामा समेत सुधार ल्याउने प्रयत्न गरिरहेको छ । 

परियोजना कार्यान्वयन एकाइ, सुर्खेतले जिल्लामा अदुवा/बेसार, तरकारी र मकै गरी ३ वटा जाने कार्यक्रम सञ्चालन गरिरहेको छ । कुनै समय घरमा खानका लागि मात्र तरकारी खेती गर्ने कृषकहरु परियोजना लागु भएपछि अहिले विक्री गरेर लाखौँ आम्दानी गर्ने भएका छन् । परियोजना अन्तर्गत सुर्खेतमा ७४५ हेक्टरमा अदुवा/बेसार जोन, ४५५ हेक्टरमा तरकारी खेती र ४७५ हेक्टर क्षेत्रफलमा मकै जाने कार्र्यक्रम सञ्चालनमा छ । अदुवा/बेसार जोन वीरेन्द्रनगर नगरपालिकाका ३ वडा, भेरीगंगा नगरपालिकाका १३, लेकवेशी नगरपालिकाका १०, गुर्भाकोट नगरपालिकाका सबै, सिम्ताका ९, चिङ्गाडका ६, बराहतालका १०, पञ्चपुरीका ११ र चौकुनेका १० वटा वडामा सञ्चालित छ । यस्तै तरकारी जोन पञ्चपुरीका ७, बराहतालका ३ र चौकुनेका १० वटै वडामा सञ्चालित छ भने मकै जोन लेकवेशीका र गुर्भाकोटका १०/१० वडामा सञ्चालित छ ।

आयोजनाले विभिन्न सहकारी, समुह र निजी उद्यमीहरुको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने गरेको छ । पछिल्लो समय विद्यालयहरुले समेत सहकार्य गरेर ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गरिरहेका छन् । परियोजनाका अनुसार अदुवा/बेसारमा २३ समहु, २७ सहकारी, १०९ निजी उद्यमी र ४ वटा विद्यालयले सहकार्य गरी कृषि गतिविधि गरिरहेका छन् भने तरकारी जोनमा ३१ समुह १६ सहकारी ९४ निजी उद्यमी र २ विद्यालय छन् । यस्तै मकै ६ समुह १७ सहकारी र १८ निजी उद्यमीको सहकार्यमा कार्यक्रम सञ्चालित छ । 

makkai

करोडौँ आम्दानी 

जाने लागु भएका क्षेत्रका कृषकहरुले चालु आर्थिक बर्षमा मात्रै लाखौँ रकम आम्दानी गरेका छन् । परियोजनाले सार्वजनिक गरेको तथ्यांक अनुसार उत्पादनसँगै कृषकको जीवनस्तरमा समेत सुधार आएको छ । जोन क्षेत्रका कृषकहरुले चालु आवमा २०५ मेट्रिक टन तरकारी उत्पादन गरे । जसबाट ५१ लाख रकम आम्दानी गरेका छन् । यस्तै ८५० मेट्रिक टन अदुवा/बेसार उत्पादन गरी त्यसबाट २ करोड १२ लाख रकम आम्दानी गरेका छन् । यस्तै सुठोबाट १३ करोड २५ लाख बराबरको आम्दानी गरेका छन् । ‘पछिल्लो समय कृषकहरुको आकर्षण पनि बढेको छ भने आर्थिक अवस्थामा समेत सुधार आएको छ,’ परियोजना कार्यान्वयन एकाइ सुर्खेतका प्रमुख पुष्पराज पौडेल भन्छन्,‘ हामीले कृषकका लागि स–साना कुराहरुलाई हल गर्ने गरि काम गरिरहेका हुन्छौँ ।’ 

3

उनका अनुसार परियोजनाले चालु आवमा ३ प्रशोधन उद्योग स्थापना गरेको छ भने ९२ वटा  मिनिटिलर तथा पावर टिलर वितरण गरेको थियो । यस्तै ४९ वटा स्थाई प्लाष्टिक घर निर्माण गरेको छ । जसमध्ये ४१ वटा स्थायी प्रकृतिका प्लाष्टिक घर बनेको छन् । उक्त घर भित्र अहिले लटरम्म तरकारी फलिरहेको छ । तथ्यांक अनुसार प्लाष्टिक घरभित्र अहिले १२५ क्वीन्टल टमाटर, ३० क्वीन्टल काक्रा लागयतका तरकारी बालीको उत्पादन भइरहेको छ । कृषकहरुले पनि यो कार्यक्रमले निकै फाइदा पुगेको बताउँछन् । । यतिमात्र होइन कृषक समुहले गाडी नै खरिद गरेर अहिले कृषि उत्पादनमा सामाग्रीहरु बजारिकरण गर्ने गरेका छन् । हरियाली कृषि तथा पशुपालन समुह पंचपुरी–२ ले सिंगल क्याब पिकअप गाडी खरिद गरेको छ । उक्त समुह तथा आसपासका करिब १०० कृषकले उत्पादन गरेका १३० मेट्रिक टन तरकारीको सामुहिक बजारीकरणमा भएको छ, चालु आवमा मात्रै । 

‘हामीले उत्पादनदेखि बजारिकरणसम्मका गतिविधिमा सहयोग गरिरहेका छौँ । बीउ, विषादी, कृषि औजार पनि हामीले उपलब्ध गराउने गरको छौँ,’ परियोजना प्रमुख पौडेलले रातोपाटीसँग भने,‘ बीउ प्रशोधन गर्ने काम पनि यो परियोजनाले गरेको छ भने पछिल्लो समय विद्यालयहरुले ‘पढ्नै कमाउँदै’ कार्यक्रमहरु अघि सारेका छन् । त्यसमा पनि हामीले सहयोग गरिरहेका छौँ ।’ 

जोन क्षेत्र विस्तार, रोजगारीसँगै २३ हजार बढी घरधुरी लाभान्वित 

  परियोजनाले बर्षेनी जाने क्षेत्र विस्तार गरिरहेको छ । चालु आवमा ५० हेक्टरमा रामपुर हाइब्रिड अन्तर्गत १० जातको मकैको क्षेत्र विस्तार भएको छ । जसमा १६ वटा संस्थामा आबद्ध कृषकहरुले पहिलो पटक हाइब्रिड मकै खेती गरिरहेका छन् । अहिलेसम्म करिब २ सय टन मकै उत्पादन हुने आकलन गरिएको प्रमुख पौडेलले बताए । यस्तै २ वटा शुन्य शक्ती भण्डारण घरको लागि सम्झौता भएकोमा १ वटा निर्माण सम्पन्न भइ भण्डारण सुरुवात भएको छ भने उक्त भण्डारण घरमा कम्तिमा २४ क्वीन्टल अदुवा गुणस्तर कायम गरी भण्डारण गर्न सुरु भइसकेको छ । १०० मेट्रिक टन क्षमताको बीउ प्रशोधन तथा भण्डार उद्योग निर्माण सम्पन्न भइ सञ्चालनमा आएको पनि उनले बताए । उत्त, उद्योग गुर्भाकोट नगरपालिका–७ मा रहेको छ । अहिले बीउ उत्पादन, प्रशोधन तथा बजारीकरण कार्य एकै स्थानबाट हुन थालेको छ ।

5

चक्लाबन्दीमा आधारित खेतीमा करिब १४ हेक्टर विस्तार भएको छ । यसबाट करिब ४०० घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ । ११५ जना विद्यार्थीले तरकारी तथा माछा पालन सम्बन्धी विभिन्न कार्यक्रममा सरिक भएर लाभान्वित भएका छन् । १०० हेक्टर सिँचाई हुने ३ वटा नयाँ सिँचाई कुलो र ३ वटा पोखरी निर्माण कार्य सम्पन्न गरिएको छ भने यसबाट ३०० कृषक प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यस्तै ३८ हेक्टर क्षेलफलमा खाद्यान्न बसन्ते मकै बाली विस्तार भएको छ । ५० हेक्टरमा स्वदेशी हाईब्रिड मकै खेती विस्तार भएको परियोजनाले जनाएको छ । परियोजनाबाट चालु आवमा थप ३ हजार ७४० घरधुरी लाभान्वित भएका छन् । कुल २३ हजार ३५० घरधुरी परियोजनाबाट लाभान्वित भएको परियोजना प्रमुख पौडेल बताउँछन् । विशेषरी साना तथा सिमान्तकृत कृषकहरुलाई व्यवसायिक कृषि खेतीमा अग्रसर गराउने काम भएको उनले बताए । 

यस्तै चालु आवमा परियोजनाबाट ५१० जनाले ज्यालादारी मौसमी रोजगारी पाए भने १ हजार ९४८ जनाले आशिक र २७ जनाले स्थायी रोजगारी प्राप्त गरेका छन् । चालु आवमा कुल ५ करोड ५ करोड ४२ लाख कुल बजेट रहेकोमा करिब ८० प्रतिशत बजेट कार्यान्वयनमा आइसकेको छ । आगामी आवमा बाख्रा जोन विस्तार गर्ने तयारी भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप