१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म
आज २०८२ वैशाख २४ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- अपरेसन सिन्दूर
भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको छ । भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा कूल नौ स्थानहरूलाई लक्षित गरेको जानकारी दिएको हो ।
- प्रदेशसभाको अधिवेशन
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको सभाको बर्खे (सातौँ) अधिवेशन आगामी जेठ ४ गते २ बजे बस्ने गरी आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
- भेरी नदीको पानी
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खानेपानी समस्या समाधान गर्न अघि बढाइएको बहुचर्चित भेरी पम्पिङ आयोजनाका लागि कर्णाली प्रदेश सरकारले ८० करोड रकम व्यवस्थापन गर्ने भएको छ ।
- ठेक्का
नेपालमा ईपीसी (ईन्जिनियरिङ प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) मोडलबाट ठेक्का सम्झौता गरी निर्माण भएका सबैजसो आयोजना विवादित छन् । यस मोडलमा निर्माण सम्पन्न तथा निर्माणका क्रममा रहेका आयोजनाको नतिजा त्यति राम्रो देखिएको छैन ।
- सिन्डिकेटको प्रयास
मलेसियामा कामदार पठाउन सिन्डिकेट लगाउने प्रयास सुरु भएको छ । सीमित मेनपावर व्यवसायीहरूलाई मात्रै कामदार पठाउन पाउनेगरी सिन्डिकेट लगाउन खोजिएको हो ।
- बाल मन्दिर जग्गा प्रकरण
बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा घोटाला गरेको प्रकरणमा सरकारले १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्र अनुसार दुई जनासँग बयान लिइएको छैन ।
- लोसपाको महाधिवेशन
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले महाधिवेशनको मिति फेरि सारेको छ । वैशाख २६ गतेका लागि तय गरिएको महाधिवेशन साउन मसान्तभित्र गर्नेगरी लोसपाले अर्को निर्णय गरेको हो ।
- सामाजिक सुरक्षा कोष
सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण अनिवार्य गर्ने घोषणा गरेको छ ।
- बुलेट छाडेर ब्यालेट
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लव बुलेटको बाटो छाडेर ब्यालेटमार्फत एकीकृत क्रान्ति सफल बनाउने रणनीतिमा लागेका छन् । एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद लक्ष्य साथ अगाडि बढेका उनी १२ वर्षपछि संसदीय यात्रामा निस्कन लागेका हुन् ।
- किन रिसायो कांग्रेस ?
एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारबारे सरकारकै मुख्य घटक नेपाली कांग्रेसमा असन्तुष्टि चुलिएको छ । सरकारको कार्यशैली एमालेमुखी मात्रै भएको र कांग्रेससँग सल्लाह नगरी सरकार अगाडि बढिरहेको भन्दै असन्तुष्टि चुलिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण