प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित
म्याग्दी । यहाँको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय दुई सय १० जना लाभान्वित भएका छन् ।
चालु आर्थिक वर्षमा गाउँपालिकाबाट प्राप्त रु ५३ लाख ७४ हजार बजेटबाट पालिकाका सातवटै वडामा सञ्चालित १४ वटा योजनामा उहाँहरूले रोजगारी पाउनुभएको हो ।
सो गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार रोजगार उपभोक्ता समिति गठन गरी सञ्चालित योजना तथा कार्यक्रममा स्थानीयलाई रोजगारी दिइएको हो ।
रोजगार कार्यक्रमअन्तरगत पदमार्ग निर्माण तथा मर्मत–सम्भार, गोरेटो बाटो तथा सार्वजनिक शौचालय निर्माणलगायतका योजनाहरू रहेका र तीनमा न्यूनतम एकसय दिन रोजगारीको व्यवस्था गरिएको अध्यक्ष गर्बुजाले जानकारी दिए ।
रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई तालिम र सुरक्षा सामग्रीसमेत प्रदान गरिएको छ । सो कार्यक्रमअन्तरगत पालिकाको वडा नम्बर– ७ बिममा नरालेदेखि बिम्बाङसम्म र वडा नम्बर– ३ सिउदीभिर–औल पदमार्ग निर्माण पूरा भएको पालिकाका रोजगार सहायक मिलन सुवेदीले जानकारी दिए ।
यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा प्राप्त बजेटमध्ये रु पाँच लाख ६७ हजारको लागतमा डाडाँगाउँको सिउदीभीरदेखि औँलसम्म तीन सय मिटर पदमार्ग निर्माण गरिएको छ ।
भीर काट्ने, पर्खाल लगाउने, सोलिङ र ढुङ्गाको सिँढी लगाएर पदमार्ग निर्माण गरिएको उनले बताए ।
यसैगरी, रु चार लाख १४ हजारको लागतमा बिम नरालेदेखि बिम्बाङसम्म एक सय ४२ मिटर नयाँ पदमार्ग र तीन सय ५० मिटर पदमार्ग मर्मतसम्भार गरिएको पालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षमा विनियोजत विभिन्न १४ योजनामध्ये तीन योजना सम्पन्न भएको र अन्य योजनाहरू निर्माणको अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण