बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय

स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ

बुधबार, २४ वैशाख २०८२, २२ : २७
बुधबार, २४ वैशाख २०८२

दमौली ।  यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको रु १४ लाखसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गोरखाको सहिद लखन गाउँपालिका–८ बस्ने २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप