प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य छ : महासचिव पोखरेल
काठमाडौँ । एमाले महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित र अवमूल्यन गरेको बताएका छन् ।
आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्कै अपमानित गरेको उनको भनाइ छ । यसप्रति सांसदहरूको गम्भीर ध्यान जानुपर्ने महासचिव पोखरेलले बताए ।
‘जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषयमा प्रतिनिधि सभाका माननीय सदस्यहरूको ध्यान गम्भीर रूपमा जाने नै छ,’ उनले भने ।
यसबारे बुधबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘प्रचण्डजीको धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै सन्देह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने कुरामा पटक पटकका घटनाक्रमहरू साक्षी छन् । ’प्रितम् सिंहले मलाई प्रम बनाउन दिल्ली समेत जानुभयो’ भन्ने उनको भनाई उपरोक्त शृङ्खलाकै हदैसम्मको नकचरोपनको परिणाम हो । प्रधानमन्त्रीको हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भए पनि अन्तिममा टुङ्गो लगाउने निकाय प्रतिनिधि सभा नै हो । जन निर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अक्षम्य छ । यस विषयमा प्रतिनिधि सभाका माननीय सदस्यहरूको ध्यान गम्भीर रूपमा जाने नै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण