सामन्ती चिन्तनविरुद्ध एकजुट हुनुपर्छ : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजमा रहेका विद्यमान सामन्तवादी चिन्तनको विरुद्ध एकजुट भएर लड्नुपर्ने बताएका छन् ।
जसपाद्वारा आयोजित जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रममा बाल्दै उनले जातीय विभेद गर्नेलाई समाजले बहिष्कार गर्नुपर्ने बताए ।
जातीय विभेदलाई संवैधानिक रुपले दण्डनीय मानिएको भन्दै अध्यक्ष यादवले अन्तर्राष्ट्रिय कानुनले पनि जातीय विभेदलाई अमानवीय, मानवता विरोधी अपराधको रुपमा लिएको बताए । विभेदहरु कानुनमा मात्र लेखेर नहुने बताउँदै उनले जातीय विभेद जहाँ जुन रुपमा छ त्यसलाई जरैदेखि उखालेर फ्याल्नुपर्ने बताए ।
अध्यक्ष यादवले अब कुन जातमा जन्म्यो, कुन कुलमा जन्म्यो भनेर हेर्ने युगको समाप्त भइसकेको टिप्पणी गरे ।
समाजका विद्यमान सामन्तवादी चिन्तन, व्यवहार, प्रवृत्ति, विभेद र भेदभावका विरुद्ध सबै एकजुट हुनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण