सरकारबाटै लोकतन्त्रको चीरहरण भयो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारबाटै लोकतन्त्रको चीरहरण भएको आरोप लगाएका छन् ।
निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदमदेखि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग हुनुले राष्ट्र र लोकतन्त्रको चीरहरण भएको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् - 'प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषद्को निर्णयका आधारमा निष्क्रिय बनेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम , आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र र लोकतन्त्रको चीरहरण गर्ने घटनाहरू हुन् । यस्ता घटना र प्रवृत्तिको जति आलोचना गरे पनि कम हुन्छ । उक्त घटनाका सन्दर्भमा सत्ता गठबन्धनमा सहभागी दलहरूको बचाउले त्यसबाट नैतिक मूल्यमा भएको क्षतिको भर्पाई हुन सक्तैन । राष्ट्रको गरिमा र लोकतन्त्रकाे रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरु गम्भीर हुनुपर्यो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण