सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए जापानको अध्यक्षमा निउरेको उम्मेदवारी

शनिबार, २३ असार २०८०, ०९ : ४५
शनिबार, २३ असार २०८०

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको अध्यक्षमा नवीन निउरेले उम्मेदवारी दिने भएका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका निउरेले एनआरएनए जापानको २०२३–२५ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने भएका हुन् । 

निउरेले आइतबार नेवा डाइनिङ रेस्टुरेन्ट ओकुबोमा पत्रकार सम्मेलन गरी ‘इमानदारिता, पारदर्शितासहितको रूपान्तरण, प्रविधिमैत्री एनआरएनए जापान’ भन्ने नारासहित एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् । 

संस्थागत विकास र जवाफदेही नेतृत्वको संकल्प र प्रतिबद्धतासहित यस पटक एनआरएनए जापानको अध्यक्षमा आफूले उम्मेदवारी दिन लागेको छु, निउरेले भने । निउरेले कोरोना भाइरसको विश्वव्यापी प्रकोप, आकस्मिक घटना-दुर्घटना एवं बाढी पहिरोको चपेटामा परेका नेपाल र नेपालीका लागि सहयोग गर्न अग्र भागमा रहेर काम गर्दै आएका छन् । 

सामाजिक सेवा, मानवीय सेवाका साथै एनआरएनए जापानको संस्थागत विकासका लागि सुरुवातदेखि नै महत्त्वपूर्ण योगदान गरेकाले यस पटक पनि आफूलाई जापानवासी गैरआवासीय नेपालीको साथ मिल्ने विश्वास उनले व्यक्त गरे । 

निउरेले यसअघि पनि सन् २०११–२०१३ मा एनआरएनए कान्तोको सदस्य, २०१३–२०१५ मा एनआरएनए कान्तोको कोषाध्यक्ष, २०१५–२०१७ मा कान्तोकै सचिव, २०१७–२०१९ एनआरएनए कान्तोको संयोजक, २०१९–२०२१ एनआरएनए जापानको युवा उपाध्यक्ष, २०२१-२०२३ वरिष्ठ उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए ।

358818905_649515507078925_7045164544650522070_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप